जुम्ला ः संविधान दिवसको अवसरमा बालबालिकालाई कपडा वितरण गरिएको छ । कर्णाली माविअनमनगरमा अध्यायनरत्त ३८ जना बालवालिकालाई ज्याकेट बितरण गरिएको हो ।त्यस्तै सघिय सांसद छिरिङ ल्हामु लामा तामाङको निजि लगानीमा कपडा बितरण गरिएको हो । उनले भनिन,जुम्लामा अब चिसो समय आउदैछ । यतिवेला माओबादीको तिन महिने रुपानतरण अभियान पनि चलाएको छ यो कपडा बितरण कार्यक्रमले यसलाई पनिटेवा पुग्नेछ । उनले भनिन,’आज संविधान दिवस महिला ,बालिवालिका ,लगाय सबै जन्ताको लागी ऐतिहासिक दिन पनि हो ।
सांसद छिरिङ ल्यामु लामा तामाङले आफ्नो यो पाँच वर्षको अवधिमा आर्थिक अवस्था कमजोर भएका महिला वालवालिका ,दलितहरुलाई सक्दो सहयोग गर्ने बताइन । बहिरा बालवालिकाको लागी न्यानो कपडा दिइएको छ । सांसद लामा तामाङलाई बहिरा बालवालिकालाई पढाउदै आएका शिक्षक र कर्मचारीहरुको लागी नितिगत पहल गरी दिन आग्रह गरेका छन ।
यस्तै नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक बिर बहादुर कुंवरले बालबालिकालाई चिसोबाट जोगाउन सहयोग पुग्ने बताए । उनका अनुसार जुम्लामा केही समय पछि चिसोको मौसम समेत आउने भएकाले ज्याकेट पाएसँगै बालवालिका खुसी भएका छन् । आर्थिक रूपमा विपन्न र सहारा विहीन बालबालिकालाई सहयोग गर्नु हामी सबैको दायित्व हो ।