सिंजामा पढ्न नपाएका बालिवालिकालाई विद्यालयमा भर्ना गरिदै

सिंजा : विद्यालयको पहुँचमा नरहेका बालिकालिकालाई बिद्यालयमा भर्ना गर्न थलिएको छ । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ का विद्यालय वाहिर रहेका बालबालिकालाई बिद्यालय भर्ना गरिएको हो । जस अन्तरगत्त बिहिबार २ वालिकालाई बिद्यालयमा भर्ना गरिएको छ । लामो समयम सम्म बिद्यालयमा जान नपाएकी २ दिदी वहिनीलाई विद्यालय भर्ना गरिएको हो ।

उनीहरुलार्इृ स्थानीय वडा सरकार , विद्यालय श्री माध्यामिक विद्यालय चुलेल गाउँ र आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल, प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा बिद्यालय भर्ना गरिएको संजा दुईका वडा अध्यक्ष तिर्थ वडले बताए । उनका अनुसार आफ्नो वडामा आमा सँग साथमा आएकी दुई दिदीवहिनी विर्मकली कामी र वहिनी अस्मिता कामी विद्यालयमा पढ्न नपाएको खबर पाएपछि विद्यालयमा भर्ना गरिएको हो ।

वडा कार्यालयले विद्यालय पोसाक उपलव्ध गराई विद्यालयमा किताव र खाजा उपलव्ध गराउने तथा र क्याड नेपाल जुम्लाले कापी कलम उपलव्ध गराउने सुनिश्चतता समेत भएको वडाध्यक्ष वडले बताए । त्यस्तै केही समय अगाडि प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र आत्म सम्मानका लागि सहकार्य क्याड नेपालको आयोजनामा भदौ २ गते सिंजा गाउँपालिका सरोकारवाला निकायहरुको उपस्थितिमा रहेको अन्तरक्रियामा ति दिदीवहिनीहरु विद्यालय वाहिर रहेको जानकारी प्राप्त भएको थियो ।

ति वालवालिकाहरुको घर हिमा गाउँपालिका २ मोफ्ला गाउँमा रहेको र आमाले अर्को विवाह गरेर सिंजा रनुखानामा गएपछि उनिहरुको विद्यालयमा पहुँच पुगेको थिएन । छलफलमा पालिकाबाट खाजा छुट्याउने वडाले हिमा ३ बाट जन्मदर्ता ल्याउने, मा वि चुलेलगाउँ स्कुलले भर्ना लिने कुरा भएको थियो । दिदी विर्मकलीले पहिला विद्यालयमा पढ्ने गरेको पाईएकाले कक्षा ५ र वहिनी अस्मितालाई १ कक्षामा भर्ना गरिएको छ ।

सम्बन्धित समाचार