भदौ १० गते सिंजा केदारनाथमा हुने महोत्सवको तयारी  हुदै 

जुम्ला ः जुम्लाको सिंजामा ऐतिहासिक केदारनाथ मेलाको तयारी  हुदै छ । सिंजा गाउँपालिका वडा नम्बर ४ मा अवस्थित ऐतिहासिक केदारनाथ महोत्सव को उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन मन्त्री सुदन किरातिले गर्न तयारी छ ।
 त्यस्तै गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार हरेक बर्ष भदौ १० गतेका दिन लाग्ने उक्त मेला यस बर्ष प्रचार प्रसारको हिसावले पनि मेला आयोजना गरिएको छ । उनले भने, महोत्सव सफल पार्न पवित्र स्थल केदारनाथ बुदबुदीमा सिजा गाउँकार्यपालिकाको बैठक सम्पन्न भई तयारी भईरहेको छ ।
ऐतिहासिक तर लुकेको सो धार्मिक क्षेत्रको थप प्रचार प्रसार गर्न तथा  राज्यको ध्यानाकर्षण गर्न गाउँपालिकाले बृहत महोत्सव गर्न थालेको हो । महोत्सवस्थलमा मन्त्रि किराति सहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा, जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु, राजनैतिकदलहरु, जनप्रतिनिधिहरु, धार्मिक अगुवाहरु, जिल्ला स्थित सरोकार निकायहरु, तिर्थालुहरु, संचार माध्यामको सहभागिता हुने छ ।
एकादशीका दिनमा त्यहाँ बृहत धार्मिक मेला लाग्ने, अन्य साना तिना मष्टाको थानको भारा सफा गर्ने, शुद्ध बनाउने, त्यहाँ नुहाएर अन्य गाउँका आ–आफ्ना थानमा जल लिएर जाने धार्मिक प्रचलन छ । कर्णाली मष्टोको मुहान समेत भएकाले केदारनाथ बुदबुदी जस्तै मष्टाका सयौ धार्मिक मेला एकादशीबाछ शुरु हुने भएका धार्मिक अगुगा देवि प्रसाद सिम्खाडा बताए ।

सम्बन्धित समाचार