काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद अवरोध संविधानसम्मत र नियमसम्मत नभएको बताएका छन्। शनिबार धुलिखेलमा आयोजित ‘संसद र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङले संसदीय अभ्यासमा संसद अवरोध
नियमसंगत नहुने बताएका हुन्।
पटकपटक भइरहेका संसद अवरोधको औचित्य राजनीतिक तवरले पुष्टि गर्न दलहरूले सक्नुपर्ने उनले बताए।
उनले भने, ‘राजनीतिक दलले अवरोध गर्छन । भारतमा आँखा झिम्काउने देखि फ्लाइ किस सम्मको बिबाद हुदो रहेछ । हाम्रोमा पनि अवरोध हुने कुरा छ ।
संविधान निर्माणताका अवरोध नगरौं भनेर छलफल गराएको हो । त्यतिबेला संविधानसभा अवरोध नहुने , व्यवस्थापिकामा चाहिँ अवरोध हुन्थ्यो। त्यो बेला सोफा नफुटेको त हैन , गलबन्दि लगाएर साथी भाइहरू उडेर नआएको हैन । खुर्सानीको धुलो सम्मको कुरा आयो । मैले भन्न खोजेको अवरोध नियमसंगत हैन । राजनीतिक दलहरूले अवरोध गर्छन् । । तर, राजनीतिक दलहरूले गर्ने अवरोध सोही दलले जस्टिफाइ गर्नुपर्छ ।’
अहिले एमालेले गरेको संसद् अवरोध ठिक कि बेठिक त ?
बहुमत ल्याउनेले सरकार चलाउँछ । अल्पमतमा रहने प्रतिपक्षमा रहन्छ । एउटा नियममा अवरोधको व्यवस्था छैन । तर, प्रतिपक्षले प्रभावकारी ढंगले कुरा राखेपछि कुरा सनुन्नुपर्छ सुन्छ भन्ने हो ।
मैले २ पार्ट भने , अवरोध नियम बमोजिम छैन । तर, यस्तो हुदा राजनीतिक दलहरूले अवरोध गर्छन् , त्यो अवरोध कहिलेकाही हुन्छ ।
अहिले मेरो दल एमालेले संसद् अवरोध गरेको छ । त्यसलाई मेरो दलले जस्टिफाइ गर्नुपर्छ । फेरि भन्छु अवरोध नियमसंगत हैन , अवरोध हुन्छ नै तर दफहरूले जस्टिफाइ गर्नुपर्छ ।