सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन नगर्ने गठबन्धनको निर्णय

काठमाडौँ । सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति नबनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको बैठकले सुन तस्करी प्रकरणको छानबिन सिआइबीले गरिरहेकाले त्यसका लागि उच्चस्तरीय समिति गठन गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।

नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । तर गठबन्धनको बैठकले तत्काल उच्चस्तरीय समिति गठन गर्नुपर्ने आवश्यक नरहेको निष्कर्ष निकालेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।

उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरेको र उच्चस्तरीय आयोगको माग गर्नु अहिले भइरहेको अनुसन्धानमा अवरोध पु¥याउनु भएको गठबन्धनको ठहर रहेको बताए ।

उनले भने, ‘संसद् अवरुद्ध छ, प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति माग गरिरहेको छ । यता सीआईबीले अनुसन्धान गरिरहेको छ । यो अवस्थामा उच्चस्तरीय आयोग आवश्यक छ कि छैन भन्ने कुरा भयो । उच्चस्तरीय आयोग माग्नु भनेको अहिले भइरहेको छानबिनमा अवरोध गर्नु हो । यो केसलाई अवरोध गर्नु भन्नुखालको सहमति भयो ।’

सम्बन्धित समाचार