सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु भएको छ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको मृत्यु भएको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले जानकारी दिइन्।
महिनावारी अवस्थामा गोठमा सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राति सर्पले टोकेको हो।
सर्पले डसेको राति नै थाहा पाएपनि झारफुकका लागि वैद्य बोलाउने क्रममा बुधबार बिहान मृत्यु भएको हो।
मृतक अनिता जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्ययनरत थिइन्।