जुम्ला ः जुम्लाका आमाहरुलाई स्तानपान शिक्षा दिन थालिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका नर्सहरुले प्रतिष्ठानमा सेवा लिन आउने सुनौउला हजाजर दिनका आमाहरुलाई स्तनपान शिक्षा दिन थालिएको हो । बिश्वब्यापी स्तानपान सप्ताह चलिरहेको बेला प्रतिष्ठानका नर्सहरुले पनि सेवा लिन आएका आमाहरुलाई शिक्षा दिइएका हुन ।
नर्सहरुले वच्चालाई कसरी दुध चुसाउने लगायत पौष्टिक आहार र विभिन्न विषयमा शिक्षा दिने काम गरेका छन ।
प्रतिष्ठानका नर्सिङ निर्देशक सविना थापाले स्तनपान सप्ताहको अवसरमा एक हप्ताभरी सेवा लिन आउने आमाहरुलाई स्थानपान दिइएको हो ।उनका अनुसारे अगष्ट १ देखी ७ सम्मको अन्तरािष्ट्रय स्तनपान सप्ताहमा प्रतिष्ठानका नर्सहरु, डाक्टर र अध्ययनरत विद्यार्थी र सेवाग्राही आमाहरुको सहभागितामा विभिन्न सचेतना कार्यक्रमहरु गरेका छौ ।
त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत नर्स तथा चिकित्सकले स्तनपान सप्ताहको अवसरमा स्तनपान शिक्षा, प्रर्दशनी, सहित विभिन्न कामहरु गरेर मनाएका छन् ।
त्यस्तै प्रतिष्ठान सुत्केरी भएका महिला र उपचारका लागी आएका १सय ४० आमालाई स्तनपान सम्बन्धी सचेतना दिइएको छ । नर्सहरुले आमाहरुलाई दुध कुन तापक्रममा कसरी स्टक गर्ने भन्ने बिषयमा आमाहरुलाई जानकारी गराईएको छ ।