जुम्लामा खाद्यन्न अभाव,चामल ढुवानी गर्न माग

जुम्ला ः जुम्लामा चामल अभाव हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लामा आयत हुदै आएको चामल अभाव हुने देखिएको छ । सर्वसधारणका लागि केही समय सम्मका लागि वितरण स्थगित गरिएको छ ।
कार्यालय प्रमुख निर्मल विष्टका  अनुसार आर्थिक बर्ष २०७९।०८० सालमा जुम्लाका लागि प्राप्त ८ हजार १ सय ४७ क्विन्टल चामल आएकोमा ९ सय ५९ क्विन्टल मात्रै मौज्दात रहेको छ । मौज्दात रहेको चामल मध्य ईमरजन्सी वाहेक अरुलाई वितरण गर्न नसकिने भएको हो । उनले भने,‘ विपतका लागि ४९९ .७५ क्विन्टल र कारागारका लागि २८० क्विन्टल र जन्म र मृत्यूका लागि १८० क्विन्टल छुट्टयाईएको छ ।
त्यस्तै जिल्ला खाद्य व्यवस्था समन्वय समितिको वैठकमा कार्यालयले प्रस्तुत गरेको प्रतिवेदनमा खाद्यन्न मौज्दात नभएको र आवश्यक २ हजार क्विन्टल माग गर्ने निर्णय गरिएको छ ।जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख नरविर सुनारको अध्यक्षतामा बसेको वैठकले मौज्दात सकिएपछि पहल गर्ने र मौज्दात भएको चामल कारागार, विपत र जन्म, मृत्यूका लागि मात्रै वितरण गर्ने निर्णय गरेको हो ।

वैठकमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लामा खाद्यन्न मज्दात परिणाम न्यून भई श्रावण मसान्तमा ढुवानी हुनेगरी न्यूनतम २ हजार क्विन्टल खाद्यन्न आपुर्ति गर्नका लागि प्रादेशकि कार्यालय मार्फत केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले ८४४ जना व्यक्तिका लागि चामल वितरण गरेको छ, सरकारले जन्म र मृत्यूमा प्रति व्यक्ति २० केजी चामल दिने व्यवस्था गरे अनुसार जन्ममा ७८५ जना र मृत्यूमा ५९ जनालाई चामल वितरण गरिएको छ । यसैगरी सो चामल लिन आउने व्यक्तिलाई नियमानुसार रु चार लाख २३ हजार ज्याला रकम दिईएको छ ।
कम्पनीका अनुसार यस पटक जनतालाई विक्री ५ हजार ५ सय ४७ क्विन्टल ४१ केजी, कारागारका लागि ३०९, जन्म मृत्यूका लागि १६८.८० क्विन्टल चामल वितरण गरिएको छ ।यसैगरी जुम्ला मुख्य कार्यालयबाट डोल्पाको काईगाउँ डिपोका लागि १७७.६ क्विन्टल र डोल्पाको सर्मीका लागि ७५०.५ क्विन्टल चलानी गरि पठाईएको छ ।

समितिको वैशाख २० गते बसेको वैठकले आर्थिक बर्ष २०८०।०८१ का लागि १० हजार पाँचसय क्विन्टल चामल माग गर्ने निर्णय सहित सामाजिक उत्तरदायित्व अन्तरगत स्थानीय उत्पादनलाई बृद्धि गरि जुम्लाको रैथानेवाली मार्सीधान, चिनो, चामल, कानूनो, ओखर जुम्लाका स्थानीय निकाय र खाद्य व्यवस्था तथा व्यापार कम्पनी विच सहलगानी तथा सहकार्यमा खरिद कार्यलाई अघि बढाउन प्रधान कार्यालयलाई अनुरोध गर्ने समेत निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले खानामा चामल मात्रै हो भन्ने वानि हटाउन रैथाने वाली संरक्षण गरि उत्पादन बृद्धि गर्ने सचेतना गर्ने काममा जोड दिन आवश्यक रहेको बताए ।सड्क संजाल पुगे सँगै चामलमा खासै समस्या नभएपनि सर्वसाधारणका लागि खाद्यन्नले सस्तो रुपमा वितरण गर्दै आएको छ ।यस्तै विपतमा ठूलो सहयोग तथा सरकारले जन्म र मृत्यूमा २० केजी चामल दिने व्यवस्था प्रभावकारी वन्दै आएको छ ।

सम्बन्धित समाचार