काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा युवा नेताहरुले अध्यक्ष पुष्पकमल दाहालको बचाउ गरेका छन् । जारी बैठकको तेस्रो दिन पार्टीका युवा नेताहरुले अध्यक्ष प्रचण्डको बचाउ गरेका छन् । प्रचण्डको उदारताको फाइदा उठाएर अहिले पुन अध्यक्षको आलोचना गर्नु ठिक नभएको धारण अधिकांश युवा नेताहरुले राखेका छन् ।
केहि नेताहरुले पार्टी हेडक्वार्टरबाट आलोचना पदािधकारीमा सिफ्ट गरेका छन् । बैठकको तेस्रो दिनको पार्टी अध्यक्षको कम आलोचना भएको दोस्रो तहका नेताहरुको बढी आलोचना भएको एक केन्द्रीय सदस्यले बताए । ती सदस्यका अनुसार आजको बैठकमा बोल्ने अधिकांश नेताहरूले प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छोडेर आलोचनाको केन्द्र पदाधिकारीलाई बनाएका छन् ।
आजको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले पदाधिकारीले गुटबन्दी गरेर पार्टी बिग्रेको भन्दै आलोचना गरेका छन् । हिजोसम्म बोल्ने नेताहरूले पार्टी हेडक्वाटरले गर्दा नै पार्टी बिग्रेको बताएका थिए । आजको बैठकमा पदाधिकारीका कारण हेडक्वाटरले गरेका राम्रा कामहरू पनि प्रचारप्रसार नभएको बताएका छन् ।
माओवादी केन्द्रका अधिकांश नेताहरूले सामान्य कुराहरू बढी उठाएको तर उठाउनुपर्ने कुराहरू नउठाएको एक केन्द्रीय सदस्यले बताए । ती सदस्यले भने, ‘माओवादी पार्टीमा समस्या विचारमा छ । तर अधिकांश नेताहरू फोन नउठाएको, खाना नखाइदिएको भनेर रिपोर्टिङ गर्छन् । यसरी अझै पनि पार्टी बन्दैन । पार्टी बन्नका लागि माओवादीले विचारमा बहस गर्ने हो । सांगठनिक संरचनामा गर्ने हो ।’
माओवादीका नेताहरूले आजबाट आआफ्नो प्रदेशमा नेताहरू लडेर माओवादी कमजोर भएको रिपोर्टिङ गरेका छन् । केही नेताहरूले पदाधिकारीहरूको नाम नै किटानी गरेर आलोचना गरेका छन् । नातावाद र कृपावाद हेडक्वाटरमा मात्र नभएर पदाधिकारीहरूमा पनि रहेको भन्दै नेताहरूले रिपार्टिङ गरेका छन् ।
माओवादीका पदाधिकारी एक आपसमा लड्दा माओवादी चुनावमा पनि सकियो भन्ने आवाज उठेको छ । मात्रिका यादव र गिरीराजमणि पोखरेलले मधेश प्रदेशमा पार्टी सकेको नेताहरूले बताएका छन् ।
कसले के भने
रामकुमार शर्मा ः दुईवटा हात्ती मिले पनि सखाप हुन्छ लडे पनि सखाप हुन्छ । मधेश प्रदेशमा पनि त्यही भएको छ । मधेशमा मात्रिका यादव र गिरिराजमणि लड्दा पनि माओवादी सकियो मिल्दा पनि सकियो । अघि पछि लड्नु भयो सकियो चुनावमा मिल्नु भयो सकियो ।
सुबोध शेर्पाली स् बाबुराम र विप्लवसँग एकता गर्नुपर्छ । सचिवालयमा फाइल लिएर जाने, चाहिँदा नचाहिँदा फाइल बोकेर जाने तर काम नभएपछि गंगा दाहल र सचिवालयको विरोध गर्ने राम्रो होइन । गुटहरू भत्काउनुपर्छ ।
रेणु चन्द : अरू पार्टीका अध्यक्षको सचिवालयमा पुरूष छन् । हाम्रो पार्टीमा महिला सचिवालयमा छन् । गंगा सचिवालयमा हुनु राम्रो हो । गंगाले राम्रो काम गर्नु भएको छ । महिलाको हाइट वेट बढाइ दिनुपर्यो अनन्त दाइ । जसरी पनि वेट हाइट पुगाइदिनु , ओनसरी शशी दिदले हाम्रो हाईट वेट पुगाइदिनुहोस् ।
युवराज दुलाल : पार्टी अध्यक्षले फिल्डमा गैदिनुपर्यो भन्नू कस्तो हो पार्टी बनेको छ रु कार्लमार्क्स जिउँदै भएको भए पनि अहिलेको अवस्थामा वर्ग संघर्ष फरक तरिकाले हुन्छ भन्नुहुन्थ्यो होला । हामीले अहिलेको समयअनुसार पार्टी निमार्ण गर्नुपर्छ ।
राजन दाहल : आलोचना गर्न पाइन्छ । यो दस्तावेज आठौं महाधिवशेनको दस्तावेज त्यसैको पुरक हो । आलोचना रचनात्मक हुनुपर्यो । तथ्यसहित आरोप लगाउनू ।
झक्कु सुवेदी : अध्यक्षको उदारवादबाट सबैले फाइदा उठाए । अध्यक्षको कमजोरी उदारवाद हो ।
विमला केसी : अध्यक्षले गरेका राम्रो कामको प्रचार नगरेको डाह लागेर हो । महासचिवसम्म राजधानीमा बसे पनि उपमहासचिवहरू सबै फिल्डमा खट्नुपर्छ ।
केशवचन्द्र पाण्डे : प्रचण्डलाई छविलाल बनाउने खेलमा नेताहरू लागेका छन् । प्रचण्डलाई प्रचण्ड नै रहन दिनुपर्छ ।
डिलाराम आचर्य : अध्यक्षको प्रतिवेदनले सामूहिक आत्मोलोचना गरेको छ । जनप्रतिनिधिले गरेका कामहरूको पार्टीलाई थाह नभएर होकी प्रचार गर्न नचाहेको हो ।
पम्फा भुसाल : जनयुद्धमा जाने, चुनावबाट शान्ति प्रक्रियामा आउँदा र तेस्रोमा समाजवादी आन्दोलनमा जाने तयारी भएको महशुस भएको छ । हामी शहरमुखी पनि हुनु आवश्यक छ ।
मुक्ति प्रधान : माओवादीले टीआरसी र सेना समायोजनसँगै गर्नुपर्थ्यो । कमजोरी भयो । जुन अहिलेसम्म अरुले खेल्न पाएका छन् ।
अग्नी सापकोटा : हामी दुनिया बदल्ने संकल्प पदाधिकारीले गरेका छौँ । पार्टीले कार्य विभाजनको मुख्य खाका तयार पारेको छ । ललिता निवास, नक्कली भुटानी काण्ड निष्कर्षमा पुर्याउनुपर्छ । वैचारिक पुनर्गठन आवश्यक छ ।