केदारनाथको गौरीकुण्डमा पहिरो जाँदा पातारासीका एकै घरका सात जना सहित १३ जना बेपत्ता

जुम्ला :  पहिरोमा परी पातारासीगाउँपालिकाका एकै घरका सात जना सहित १३ जना बेपत्ता भएका छन । भारतको केदारनाथ गौरीकुण्डमा गएको पहिरोले बेपत्ता बनाइएको हो ।पातारासीगाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म १३ जना बेपत्ता रहेको प्रारम्भीक जानकारी आएको बताइन । उनका अनुसार पातारासी गाउँपालिका वडा नम्बर ३ चौर गाउँका एकै परिवारका ७ जना सहित १३ जना वेपत्ता भएको जानकारी प्राप्त भएको छ । पातारासी गाउँपालिका उपाध्यक्ष रोकायाले वडा नम्बर ३ चौर गाउँका अमृत वोहरा र उनकी श्रीमित अनिता वोहरा, छोरी एलिसा, सलिया, पिंकी र छोराहरु जटिल र वकिल वेपत्ता भएका हुन् ।

त्यस्तै यसैगरी चौर गाउर्कै अन्य ३ जना र पातारासी गाउँपालिका वडा नम्बर २ पेरे गाउँका ३ जना वेपत्ता भएका बताइन ।सो क्षेत्रको उनिहरु एक होटलमा बसिरहेको समयमा राति पहिरोले घर वगेर वेपत्ता भएको छ । होटलमा २५ जना भएका भएपनि अन्य को र कहाका हुन खुल्न वाँकी रहेको छ ।

त्यस्तै जुम्ला र हुम्ला जिल्लाका बेपत्ता रहेको समाजिक सञ्जालमा लेखिएको पाइन्छ ।त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पातारासीका अध्यक्ष उपाध्यक्षबाटै आफुलाई जानकारी पाएको बताए ।उनले घटनाबारे गृहमन्त्रालयमा समेत गराएको बताए । गौरीकुण्डबाट केदारनाथ जाने बाटोको बीचमा हिजो राती ११ः३० बजेको समयमा पहिरो गएको थियो । अझैपनि पहिरो परी बेपत्ता हुने नेपाली नागरिकको कुनै एकिन विबरण आउन सकेको छैन ।

सम्बन्धित समाचार