कनकासुन्दरीमा मानव बेचविखन बिरुद्धको सचेतना

जुम्ला:  नेपालमा मानव बेचबिखनको इतिहास नयाँ होइन । राणाकालदेखि नै मानिसहरूलाई दास बनाउने, दरबारभित्र वा भारतमा ओसारपसार र बेचबिखन गरिएका प्रमाणहरू पाइन्छ । यसका प्रभावितहरूमा प्रायः बहिष्करणमा परेका समुदाय, महिला, बालिकाहरू हुने गरेको तथ्य पनि जगजाहेरै छ । त्यस्तै जुम्लाको कनका सुन्दरी गाउँपालिकामा पालिका स्तरीय मानव वेचविखन तथा वसार पसार विरूद्धको कार्यक्रम गरिएको छ ।


३० जुलाई २०२३ का दिन पालिका स्तरीय मानव वेचविखन तथा वसार पसार विरूद्धको समिति र कनकासुन्दरी गाँउपालिका जुम्लाको समन्वय तथा आई एन एफ, जुम्लाको संयुक्त पहलमा यस्तो कार्यक्रम गरिएको हो ।मानव वेचविखन तथा लैंगिक हिंसा अन्त्यका लागि समुदायमा हाम्रो प्रयास एक्टिभ परियोजनाको प्राविधिक तथा आर्थिक सहायताले हरेक पिडितसँग पुगौ, कसैलाई न्यायबाट बन्चित नगरौ,, भन्ने नाराका साथ अन्तराष्ट्रिय मानव वेचविखन विरूद्धको दिवस सम्पन्न भएको मनाइएको पालिका स्तरीय मानव वेचविखन तथा लैंगिक हिंसा नियन्त्रण समितिका सदस्य तथा स्वास्थ्य संयोजक जंगलाल बुढाले बताए । उनका अनुसार सुरक्षित आप्रवासन, सरकारको कमजोर नीति र अनुगमनका कारण मानव बेचविखनको जोखिम अझै बढ्दै गएको छ । उनले भने, यसको बारेमा समुदाय स्तरमा सचेतना आबश्यक छ ।


त्यस्तै सस्तो श्रमको सजिलै आपूर्ति हुने देखेपछि छिमेकी भारतदेखि खाडी राष्ट्रहरू, हुँदै अन्तर्राष्ट्रिय तह र बहुराष्ट्रिय कम्पनीसम्म दलाल र तस्करहरूको जालो फैलिँदैगएको कनकासुन्दरी गाँउपालिकाका काबा अध्यक्ष विष्णु बडुवालले बताए । उनका अनुसार परिणामस्वरूप, यस अपराधमा पेसागत अपराधीहरू त छँदै थिए, राजनीतिक दलहरू र कर्मचारीतन्त्रका उच्चपदस्थहरू समेत भागीदार रहेको वास्तविकता बिस्तारै बाहिरिँदै छ ।मानव वेचविखन विरूद्ध सर्वसाधारणमा जनचेतना फैलाउने सआबश्यक छ ।

त्यस्तै कनकासुन्दरी गाँउपालिका ६ लार्जकी स्थानीय शोभा कामीले महिला तथा बालबालिकालाई गलत कार्यमा लगाउने गरेको पाइन्छ । जुम्लाका होटलहरुमा वाल श्रम गर्ने, यौन शोषण गर्ने जवरजस्ती कार्यमा संलग्न गराउने कार्य हुन थालेका छन ।
दिवसका नाराहरु

मानव वेचविखन अन्त्य गरौ ,मानव वेचविखन विरूद्ध खुलेर बोलौ ,शुन्य शहनशिलता कायम गरौ ,हामि सबैको एउटै आवाज, मानव वेचविखन मुक्त समाज,परम्परागत कुसंस्कार अन्त्य गरौ,मानव तस्करलाई सामाजिक बहिस्कार गरौ ,फर्जि कागजात बनाउने लाई कारबाही गरौ ,अवको अन्तव्य मानव वेचविखनको अन्त्य,मानव वेचविखन विरूद्ध सबैले बोलौ ,मानव वेचविखन विरूद्ध अभियान संचालन गरौ ,हाम्रो आव्हान मानव वेचविखन विरूद्धको अभियान,तिनै तहका सरकार, मानव वेचविखन विरूद्धको सरोकार ,अन्तराष्ट्रिया मानव वेचविखन विरूद्धको दिवस भव्य रूपमा सफल पारौ जस्ता नारा लगाइएको थियो ।

त्यस्तै युवतीहरू गरिब,अशिक्षित, सूचनाबाट वञ्चित र दलालको फन्दामा छिट्टै पर्न सक्ने सम्भावना रहेको आई एन एफ, जुम्ला अन्तरगत्तको मानव वेचविखन तथा लैंगिक हिंसा अन्त्यका लागि समुदायमा हाम्रो प्रयास एक्टिभ परियोजना सुपरभाइजर दान महताराले बताए ।उनका अनुसार बेचबिखन र आप्रवासनको अन्तरसम्बन्ध छुट्याउन गाह्रो र पेचिलो बन्दै गएको छ ।

त्यस्तै पछिल्लो समयमा अवसरको खोजीमा होस् वा बाध्यात्मक परिस्थितिमा परेर, हरेक वर्ग र लिंगका मानिसहरू देशभित्रै वा बाहिर बसाइँसराइ हुने दर पनि बढेको छ । बेचबिखन र तस्करीजस्ता अपराध सहजीकरण गर्नमा भ्रष्ट प्रशासनिक र राजनीतिक प्रणालीले ठूलो टेवा दिएको छ । यद्यपि, यस्ता घटनाहरू बारम्बार बाहिर आए तापनि यस क्षेत्रमा यी दुई बीचको अन्तरसम्बन्ध केलाउने गरी अनुसन्धान, तथ्यसंकलन, विश्लेषण र अभिलेखीकरण जस्ता कार्य प्रथामिकताको विषय बनेको पाइँदैन ।

सम्बन्धित समाचार