विद्यार्थीलाई यातायातमा दिइने छुट कार्यान्वयन गर्न अनेरास्ववियुको माग


जुम्ला : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुले) विद्यार्थीलाई यातायातमा छुट दिने व्यवस्था कार्यान्वयन गर्न माग गरेको छ । सार्वजनिक बसमा विद्यार्थीलाई दिईएको छुट कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लाको ध्यानकर्षण पत्र बुझाएको हो ।
सार्वजनिक बसमा यात्रा गर्दा ५० प्रतिशत विद्यार्थीलाई छुट दिने राज्यले गरेको व्यवस्था जुम्लामा कार्यान्वयन नभएको यस्तो माग गरेका छ ।
त्यस्तै गाडी भाडामा यातायात व्यवसायिले विद्यार्थीलाई छुट नदिई मनपरी गरेको हुनाले नियमन गर्न माग गरिएको अनेरास्ववियुका केन्द्रिय सदस्य विराज भण्डारीले बताए । उनले राज्यले गरेको छुटको ब्यवस्था जुम्लाका कार्यान्वय भएको छैन । अन्य ठाउँमा भाडा छुटको व्यवहारीक रुपमा कार्यान्वयन भएको पाइन्छ ।

तर जुम्लामा नहुनु दुखद कुरा भएको ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ । त्यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे माफृत ध्यानाकर्षण पत्र बुझाईएका छन । उक्त पत्रमा लामो दुरीका प्रत्येक ठुला बसमा ३ जना र प्रत्येक साना गाडीमा २ जना विद्यार्थीलाई आईडिकाट अनुसार छुट दिनु पर्ने नियम जुम्लामा कार्यान्वयन नभएकाले तत्काल कार्यान्वयन गर्न माग गरीएको छ ।

उनीहरुले सार्वजनिक सवारीमा भाडा छुटको व्यवस्था तुरुन्तै कार्यान्वयन नगरिए अनेरास्ववियु कडा कदम चाल्न बाध्य हुने बताएका छन । त्यस्तै ध्यानकर्षण पत्र बुझै प्रमुख जिल्ला अधिकारी घिमिरेले यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायिक र अन्य सरोकारवालासँग छलफल गर्ने बताए ।

सार्वजनिक सवारी सधानले असक्त, जेष्ठ नागरिक र विद्यार्थीलाई दिएको छुट समेत कार्यान्वयन भएको छैन । त्यस्तै कर्णाली प्रदेश सरकारले यातायात ऐन नबनाउदा जिल्लामा भाडा निर्धारण तथा नियमन गर्न समस्या छ ।

सम्बन्धित समाचार