जुम्ला बजारका औषधी पसल अवैध :अनुगमन हुन्छ कारबाही हुदैन

जुम्ला : जुम्लाका बजारमा रहेका सबै औषधी पसल अवैध रहेका छन । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको संयोजकत्वमा भएको संयुक्त अनुगमका क्रममा यस्तो भेटिएको हो ।अवैध रुपमा खुलेका औषधी पसलले बिरामीलाई मनपरी औषधी दिदाँ जटिल रोगका बिरामी बढ्न सक्ने भन्दै सरोकारवाला निकायले चासो देखाएका छन । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भइरहेको नकारात्मक कार्यको अनुगमन र ठोस कारबाही नहुदा जुम्लामा लामो समयदेखि यसरी नै अवैध रुपमा औषधी पसलहरु चलिरेहका छन ।
त्यस्तै मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने औषधि पसल नै अवैध भेटिएका छन । एउटाको विक्रिवितरण इजाजत पत्र लिएर अर्कोले चलाएको यस्ता औषधि पसललाई बन्द गर्नु पर्ने हो ।प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेको अगुवाइमा सोमबार गरीएको अनुगमन क्रममा जुम्ला बजारमा संञ्चालित आठ वटा औषधी पसल गैरकानुनी रहेको फेला परेका छन ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी घिमिरेले अवैध औषधि पसल बन्द गर्न निर्देशन दिएका छन । उनले भने,’एक पटको लागी अवैध औषधी पसलका सञ्चालकलाई सचेत गराएका छौ । उनका अनुसार औषधी पसलको हकमा संघियता पछि जुम्लामा पहिलो पटक अनुगमन गरिएको हो । फेरी तत्काल अनुगम गरिने छ । त्यस पछि यसरी अवैध रुपमा चलेको भेटिएको खण्डका आश्यक कानुनी प्रक्रिया अगाडी बढाइने छ ।

अनुगमन गरीएका औषधी पसलहरु

चन्दननाथ नगरपालिका ५ को कर्णाली मेडिकल हल , कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाता भित्र रहेको बिश मेडिकल हल, चन्दननाथ ४ मा रहको रावत मेडिकल हल, सोही वडामा रहको ओम मनिष पोलिक्लिनिक तथा रेफर सेन्ट,चन्दननाथ ५मा रहेको चन्दननाथ औषधी पसल चन्दननाथ ५को कालेखोलीमा रहेको बुढथापा स्वास्थ्य क्लिनिक ,सोही वडाकै लक्ष्मी क्लिनिक , र चन्दननाथ ४मा रहको रामा रोसन दाँत उपचार केन्द्रको अनुगमन गरिएको छ ।

त्यस्तै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाता भित्र रहेको शिव मेडिकल पनि अवैध रहेको छ । त्यस्तै नागरिक समाजका अध्यक्ष राज बहादुर महतले औषधी पसलको नियमन आवश्यक छ, ।उनका अनुसार स्वास्थ्य क्षेत्रमा जोडिएका हरुले समेत अवैध रुपमा औषधी पसल गैरकानुनी रुपमा चलाएका छन । गर्भपतन , पुर्ण खोप जस्ता कार्यसुचिकृत नभएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट हुने गरेको समेत पाइएको छ ।


यसरी चलेका औषधी पसल अनुगमन गरेर इजाजत र दर्ता बिनाका औषधी पसल बन्द गराउनुको विकल्प छैन । गैरकानुनी रुपमा बिरामीलाई गलत औषधि दिएर औषधि ऐन २०३५ को परिच्छेद ४ को बर्खिलाप गरेकोले त्यहीअनुसार कारबाही हुने समेत ब्यवस्था छ । ऐनको बर्खिलाप गर्नेलाई तीन वर्ष कैद अथवा २५ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ। त्यस्तै नागरिक सचेत र स्वास्थ्यकर्मीहरु जिम्मेवार बन्न आवश्यक देखिएको छ ।

त्यस्तै चन्दननाथ नगरपालिकामा अवस्थित औषधी पसलहरु एकिकृत अनगमन गर्दा प्राय जसो सबै औषधी पसलमा अवैध रहेको पाइएको छ । विक्रिवितरण इजाजत पत्र एउटाको विक्रि गर्ने प्रोपाइटर अर्कै भएर बिक्री गरिएको पाइएको छ । कुनैका मेडिकल सूचिकृत नभएको र प्रोपाइटर सूचिकृत नभएको भेटिएको छ । अनगमन समितिले पहिलो पटक मानिसमा पर्ने प्रतिकुल असरलाई मध्यनजर गरी निर्देशन दिइएको छ । अर्को पटक अनुगमन गर्दा दिएको निर्देशन पालना नभएको भेटिए प्रचलित कानून बमोजिम कारवाही गर्ने निर्णय गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कमार घिमिरेले बताए ।

त्यस्तै बेलाबेलामा बजार अनुगमन भएपनि दोषी व्यापारीहरुलाई कुनै कारबाही भएको देखिएको छैन ।जसका कारण व्यापारीहरुको मनोबल झन बढेको देखिन्छ । दोषीलाई सामान्य कारबाही भएको भए सवै सचेत हुने तर कारबाही नभएकोले कसैको डर त्रास नहुदा विकृति झन मौलाएको उपभोक्ताहरु बताउछन । अनुगमन मात्र होइन, दोषीलाई कारबाही गर्न समेत आबश्यक देखिन्छ ।

त्यस्तै अनुगमनमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय , जनस्वास्थ्य सेवा कार्यालय ,उद्योग वाणिज्य संघ , जिल्ला प्रहरी कार्यालय, नागरिक समाज, चन्दननाथ नगरपालिकाको स्वास्थ्य शाखा र आन्तरिक राजश्व कार्यालयजुम्लाको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार