लागुऔषध दुर्व्यसन बिरुद्ध जुम्ला प्रहरीको हस्ताक्षर अभियान


जुम्ला : कुनै पनि औषधी जसको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नाका साथै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्तन ल्याउँछ भने त्यो नै लागुऔषध हो । यसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ ।
व्यक्तिको सकारात्मक चेतना, मन, क्षमतालाई प्रत्यक्ष असर पार्दछ भने स्वास्थ्यलाई प्रतिकुल असर पार्दछ यस्तो पदार्थ नै लागुऔषध हो । लागुपदार्थ दुर्व्यसन जसले एक व्यक्तिले आफ्नो सामान्य जिम्मेवारी बिर्सिन्छ, जस्तै विद्यालय कार्य, साधारण कामकाज, छोराछोरी वा अन्य हेरचाह गर्नुपर्नेहरूको जिम्मेवारी समेत लिन असफल रहन्छन् ।

सरसफाई कार्यमा अति कमजोर, अनिद्रा, खाना अरुचि, समय व्यवस्थापन अति कमजोर, अल्छिपन, क्रोध, विरोधि, नकारात्मक सोच हावि हुने, शत्रुतापूर्ण व्यवहार, नराम्रो संगत, अस्थिर प्रकृति, कमजोर मनोवल, व्यक्तिगत सम्पत्ति वा घरका वस्तुहरू हराइरहेको हुन सक्छन् वा अचानक धेरै पैसा साथमा हुन सक्छ, यस्तो प्रकृति, विशेषता र व्यवहार रहेमा लागुऔषध दुर्व्यसनमा फसिरहेको आशंका गरिहाल्नु पर्दछ । यसलाई मध्य नजर गरी निल्ला प्रहरी कार्यालय जुम्लाले हस्ताक्षर संकलन गरेको छ ।

त्यस्तै जनप्रतिनिधि : जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरी नन्द आचार्य, चन्दननाथ नगरपालिकाका मेयर राजुसिहं कठायत उपमेयर रामदेवी खड्का ,गुठीचौर गाउपालिकाका अध्यक्ष दान बहादुर बुढा उपाध्यक्ष शान्ति मल्ल भण्डारी , तिलागाउपालिकाका अध्यक्ष मोतिलाल रोकाया उपाध्उक्ष गोरीकला बुढा , तातोपानी गाउपालिकाका उपाध्यक्ष रेवती रावल , पातारासी गाउँपालिकाका अध्यक्ष पुण सिहं बोेहोरा,उपाध्यक्ष जनमाया रोकाया र सिजागाउपालिकाका अध्यक्षपुर्ण प्रसाद धितालले जुम्ला प्रहरीले संञ्चालन गरेको लागुऔषध दुर्व्यसन बिरुद्धको अभियानमा हस्ताक्षर गरेका छन ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय मुकार घिमिरे पनि आफु जुम्लामा रहुञ्जेलको अवस्थासम्म यस विषयमा दृढतापूर्वक लागिरहने बताउदै हस्ताक्षर गरेका छन ।
त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाही उपाध्यक्ष दिलमाया शाही सदस्य गोल्डेन बुढा र बिभिन्न संञ्चार संस्थामा कार्यरत्त सञ्चारकर्मीहरूले लागुऔषध निणन्त्रणको अभियानमा आफ्नो क्षेत्रबाट प्रतिबद्ध रहेको भन्दै हस्ताक्षर गरेका छन । त्यस्तै यो अभियानमा सबैले साथ दिने भन्दै बिद्यालयका प्रधानाध्यापक, बिद्यार्थी र राजनितिक दलहरुले पनि हस्ताक्षर गरेका छन ।

प्रहरी निरिक्षक याम बहादुर बुढा मगरका अनुसार यो समाजमा कुलत धेरै चाँडै उत्पन्न हुन सक्छ । उनले भने,’एक व्यक्ति तथा प्रहरीले मात्रै सुधार गर्न सम्भव छैन । त्यसैले सबै निकाय ध्यानपूर्वक लाग्न जरुरी छ । लागुऔषधको सेवन कम गर्न वा लागुऔषध मुक्त जुम्ला बनाउनका लागी लागुऔषध दुरुपयोग बिरुद्धका ऐक्यवद्धता ,ब्यक्ति समाज र राष्ट्रको प्रतिबद्धता भन्ने मुल भनाइका साथ सबैको सामुहिक हस्ताक्षर अभियान गरिएको हो ।

सम्बन्धित समाचार