जुम्ला : पछिल्लो समयमा लागूऔषध चुनौती बढ्दै गएको छ । कर्णाली प्रदेशको सुर्खेत पहिलो र जुम्ला प्रहरी कार्यालय लागूऔषध बरामत गर्नेमा दोस्रो बनेको छ । तर यहाका स्थानीयतह हरु आपराधिक घटना नियन्त्रण गर्ने कुरामा जिम्मेवार देखिदैन ।जुम्लाका स्थानीयतहहरु सडक, भवन जस्ता भौतिक पुर्वधार तर्फबढी देखिने गरेका छन ।
त्यस्तै प्रहरीले संञ्चालन गरेको लागुऔषध नियन्त्रण सम्बन्धीको बिशेष अभियान २०८०ले जुम्लाका सबै स्थानीय सरकारलाई चुनौति दिइएको छ ।जु्म्लामा लागुऔषध प्रयोगकर्ता बढ्दै जाँदा यसको कारोवार र सेवनमा संलग्न हुने पक्राउ पर्ने क्रम पनि पछिल्लो समय जुम्लापनि अग्रह स्थानमा रहेको छ । यसको प्रयोग र कारोवार न्यूनीकरणमा सुधार गर्न यहा जिम्मेवार निकाय लाग्न जरुरी छ ।
त्यस्तै वर्षहरूमा लागुऔषध बिक्री र प्रयोगकर्ता बढेसँगै न्यूनीकरणका लागि नेपाल प्रहरीले सचेतना कार्यक्रम गर्न थालेको छ । प्रहरीले लागुऔषध कारोबारीलाई कर्णालीमा धमाधम पक्राउ गरेसँगै गाउँगाउँमा न्यूनीकरणका लागि सचेतना कार्यक्रम अगाडी बढाएको हो ।
जुम्ला लगायतका कर्णालीका विभिन्न जिल्लामा अशिक्षा, गरिबी, आधारभूत सचेतनाको कमीले दिन प्रतिदिन सामाजिक अपराध बढ्दै गएकाले सचेतना कार्यक्रम गरिएको जुम्लाका प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले बताए ।उनका अनुसार जुम्लामा अपराध हुनै नदिने उद्देश्यले प्रहरीले सचेतना कार्यक्रम गरेको हो । उनले भने,’लागुऔषध तथा कुलतमा प्रायः किशोरकिशोरी तथा विद्यार्थी लागेका हुनाले विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित गरेर यस्ता कार्यक्रम प्रहरीले यस अधिपनि गर्दै आएको छ ।
सुरक्षित कार्णाली प्रदेश कार्यक्रम अन्तरगत्त शिक्षक, शिक्षिका, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र विद्यार्थी जिल्ला स्थित सारोकारवालाहरुको सहभागीमा यो कार्यक्रम औपचारिक रुपमा सुरु भएको छ ।प्रहरी नायब उपरिक्षक कार्कीका अनुसार कर्णाली प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जि सि र कर्णाली प्रदेश प्रहरीका प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकाल जुम्लामा आउने कार्यक्रम रहेको भएपपिन मौसममा आएको खराविका कारण उपस्थिति हुन नसकेका हुन ।
त्यस्तै जिल्ला समन्वय प्रमुख गौरी नन्द आचार्यले आफ्नो बच्चाले गर्ने गतिविधितर्फ अभिभावकको ध्यान त्यति पुग्न नसेकोले बताए । उनले लागुऔषधको समस्या १८ देखि २५ वर्ष उम्मेरका बालिवालिकामा बढिरहेको देखिन्छ, । अभिभावकले चाहिने भन्दा बढी खर्च रकम दिँदा पनि बिग्रिएको पाइएको छ । यसमा सबै निकाय लाग्न जरुरी छ ।
त्यस्तै नेपाल भारतबीचको खुला सिमानाका कारण सीमासम्म सहज पहुँच हुँदा लागूऔषधको कारोवार नियन्त्रणमा कठिनाइ भएको छ । जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोसीका अनुसार आफ्ना साथीभाइको लहलहैमा लागेर र अभिभावकको उचित संरक्षण एवं रेखदेख नपाउदा कतिपय युवा कूलतमा फसिरहेको पाइन्छ ।उनले भने,’ लागुऔषध भित्रिने सबै नाकाहरुमा कडानिगरानी हुन जरुरी छ । प्रहरीले लागुऔषध दुर्व्यसनी तथा घरेलु हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । उनका अनुसार प्रहरीको एकल प्रयासले लागुऔषध निउन्त्रण नहुने बताए । खासगरी १५ वर्षदेखि २५वर्ष उमेरका युवा लागुऔषधको सेवन र कारोबार गर्ने कूलतमा बढी लागेको बताइएको छ । आर्थिक वर्ष २०७९ ÷८०मा १२वटा लागु औषध मुद्दामा २७ जना प्रकाउ परेका छन ।
त्यस्तै नेपाल पत्रकार महासंघमा अध्यक्ष नेत्र बहादुर शाहीले लागु औषधको लत्तमा सबै भन्दा बढी बिद्यालयमा अध्यायन रक्त बालवालिका भएकाले अभिभावक जिम्मेवार हुन आबश्यक छ ।
लागुऔषध दुर्व्यसन
कुनै पनि औषधी जसको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नाका साथै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्तन ल्याउँछ भने त्यो नै लागुऔषध हो । यसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ ।व्यक्तिको सकारात्मक चेतना,मन,क्षमतालाई प्रत्यक्ष असर पार्दछ भने स्वास्थ्यलाई प्रतिकुल असर पार्दछ यस्तो पदार्थ नै लागुऔषध हो ।
दुर्व्यसनका लक्षण के,के हुन् ?
लागुपदार्थ दुर्व्यसन जसले एक व्यक्तिले आफ्नो सामान्य जिम्मेवारी बिर्सिन्छ, जस्तै विद्यालय कार्य, साधारण कामकाज, छोराछोरी वा अन्य हेरचाह गर्नुपर्ने हरूको जिम्मेवारी समेत लिन असफल रहन्छन् । सरसफाई कार्यमा अति कमजोर, अनिद्रा, खाना अरुचि, समय व्यवस्थापन अति कमजोर, अल्छिपन, क्रोध, विरोधि, नकारात्मक सोच हावि हुने, शत्रुतापूर्ण व्यवहार, नराम्रो संगत, अस्थिर प्रकृति, कमजोर मनोवल, व्यक्तिगत सम्पत्ति वा घरका वस्तुहरू हराइरहेको हुन सक्छन् वा अचानक धेरै पैसा साथमा हुन सक्छ, यस्तो प्रकृति, विशेषता र व्यवहार रहेमा लागुऔषध दुर्व्यसनमा फसिरहेको आशंका गरिहाल्नु पर्दछ ।
लागुऔषध दुर्व्यसन कुलत बन्न सक्छ ?
प्रतिकूल सामाजिक, मानसिक र शारीरिक परिणामहरूका साथै कुलत एउटा यस्तो अवस्था हो जसको बिशेषता बारम्बार, बाध्यकारी, अपरिहार्य र लागूपदार्थ, मादकपदार्थ वा अन्य त्यस्तै पदार्थ प्रयोगले हुन्छ । यो सामान्यतया लागुऔषध प्रति मनोवैज्ञानिक र शारीरिक रूपमा निर्भरता र लागुऔषध फेरि सेवन गर्ने लक्षण देखाउँछ जब कसैले लागुऔषधको प्रयोग हटाउछ या रोक्छ । कुलतमा परेका बेला, व्यक्तिले लागुऔषध भन्दा लागुऔषधले व्यक्तिलाई नियन्त्रण गरी रहेको हुन्छ । जब एक व्यक्तिको लागुऔषध वा मादकपदार्थको प्रयोग गर्नुहुन्छ वा हुँदैन भन्नेबारे तर्कसंगत छनौट गर्ने क्षमता हराउँछ, ऊ कुलतमा फसिसकेको हुन्छ ।
ब्यक्ति लागुऔषधको कुलतमा किन छिट्टै फस्दछ ?
केही लागूपदार्थसँगै, कुलत धेरै चाँडै उत्पन्न हुन सक्छ । केहि पटक सेवन गरिसके पश्चात पुनः सेवन गर्ने इच्छा जागेर आउँछ र त्यो इच्छा अनियन्त्रित हुन्छ । यी इच्छाहरू यस्ता वलिया हुँदै जान्छन् की सबैकुरा त्याग्न सक्दछ तर लागुऔषध सेवन त्याग्नै सक्दैनन् । यस्तो छिट्टै लाग्ने र छिट्टै बानी पर्ने पदार्थ भएकोले यो निकै खतरा समेत छ ।
लागुऔषधको सामाजिक प्रभाव
जुन समुदायमा उच्च मात्राको लागुपदार्थ दुर्व्यसन भईरहेको हुन्छ त्यहाँ हत्या, हिंसा र यस्तै जघन्य प्रकृतिका अपराधिक घटनाहरु वढि मात्रामा घटित भईरहेका हुन्छन् । वढिजसो आपराधिक क्रियाकलापमा लागुऔषध दुर्व्यसनिहरुको संलग्नता रहेको छ, वढिजसो दुर्घटना लागुऔषध सेवनकै कारण भएको छ । वढिजसो घरेलु हिंसा, द्वन्द्व, भिडन्त जस्ता क्रियाकलापहरु लागुऔषध दुर्व्यसनकै कारण भएको पाइन्छ भने अव्यवस्थित र विना योजनापूर्ण यौन सम्पर्कको कारण बढी गर्भधारण र यौन प्रशारित रोगहरू फैलिनुको मुख्य कारक पनि लागुऔषध दुर्व्यसन नै हो । जसले घरबार विहीन हुने, बेरोजगारी वढ्ने र लागूपदार्थकै कारण मृत्युदर र औसत आयुमा समेत नकारात्मक असर पारिरहेको कुरा हाम्रो सामाजिक आँकडामा स्पष्ट छ । यसैगरी धेरैजसो लागुपदार्थहरूले गर्भावस्थाको भ्रुणमा असर गर्दछ । मादकपदार्थको प्रयोगले गर्दा धेरै कम जन्म वजन र शारीरिक हानी र साथसाथै विकास र बौद्धिक समस्याहरू हुन सक्छ । कोकिनको प्रयोगले जन्मदेखि अपाङ्ग हुन सक्छ ।
समाधान के छ त ?
एक व्यक्तिले सुधार कार्यक्रम ध्यानपूर्वक छनौट गर्नुपर्छ। प्रभावकारी सुधार कार्यक्रम लागुऔषधको सेवन कम गर्न वा लागुऔषध मुक्त जीवन रमाइलो गर्न एक व्यक्ति सेवन गर्ने इच्छाहरू हटाउन सक्षम हुनुपर्छ । प्रत्येक व्यक्तिले जुन परिस्थितिमा पहिले लागुऔषध प्रयोग गर्न थालेका थिए त्यसलाई सुधार गर्नु पर्छ, र तिनीहरूले सो कुलतद्वारा नष्ट भएको जीवन प्रतिस्थापन गर्न नयाँ जीवन पुनर्निर्माण गर्नुपर्छ । एक व्यक्तिले जे बाहाना बनाएपनि, सुँघ्ने लागुपदार्थ तथा कुलत लाग्ने लागुपदार्थको वा अन्य पदार्थ दुर्व्यसन आफूलाई र तिनीहरूलाई वरिपरि अन्य मानिसहरूलाई खतरनाक र हानिकारक हुन्छ ।
एक व्यक्तिलाई मद्दत गर्ने सबैभन्दा राम्रो तरिका तिनीहरूलाई रोक्न सक्नु हो । दुर्भाग्यवश, धेरै यस्ता कुलतमा फसेका मान्छे आफ्नै समस्या हेर्न असफल हुन्छन् र मद्दत इन्कार गर्दछन् । हामी सजग हुनुपर्दछ की लागुऔषध दुर्व्यसनले हाम्रो स्वास्थ्य, व्यक्तित्व, सामाजिक प्रतिष्ठा, पारिवारिक ओज, राज्यको व्यक्तिप्रतिको अपेक्षामा समेत प्रतिकुल असर पारिरहेको हुन्छ । जसको प्रभाव सिंगो राज्यले भोग्नुपरेको हुन्छ भने यसलाई सबै ब्यक्ति, परिवार, समुदाय र सरकारी तथा गैह्रसरकारी निकाय मिलेर समाधानको बाटोतर्फ लैजानु पर्दछ ।