जुम्ला : जुम्लाको तातोपानी–४ गिडीखोलाका मुकुन्द नेपालीले स्थानीय बालिका भागायर गएको एक साता बिहे गरेको भयो । २० वर्षीय मुकुन्दले उमेर नखुलेकी उनै वालिका सँग प्रेम पछि अन्तरजातीय विवाह गरेको स्थानीयहरू बताउँछन ।माइती पक्षले केटीको उमेर नपुगेको र बाललिका भगाएको दावी छ । केटी पक्षका अनुसार हाल उनीहरू बाँके जिल्लामा छन ।वालिका मुकुन्दसँग भागेर घरजम गरेलगतै आफूहरू बाँके आएको आफन्तलाई फोनमा भनेको बुझिएको छ।
त्यस्तै मुकुन्द र वालिका अन्तरजातीय विवाह गरेको चार दिन पछि ’दलित केटा’को घरमा एक्कासी आगो लागेको मुकुन्दका माईला दाइ भरत नेपालीले बताए । भाईले अन्तारजातीय बिहे गर्नु र त्यसको चार दिन पछि आगो लाग्नु संयोग नभएर योजना भएको उनको आशंका छन । उनले भने, ’यो काम केटी पक्षका दाइले गराएको भनी किटानी दिने तयारी गरेका छौँ।’
तीन तलाको घर जलेर पूरै नष्ट भएको हाँकु प्रहरी चौकीका इन्चार्ज राजेन्द्र गिरीले बताएका छन्। घर आगलागी भएको कुरा जिल्ला प्रहरी कार्यालय बाट आएपछि हामी यहाँ पुगेका हौँ । उनले भने, ’क्षतिको विवरण निकाल्दैछौँ ।घटनाका अनुसन्धान भइरहेको छ ।अनुसन्धानपछि घटनाको कारण खुल्ने प्रहरीले जनाएको छ । त्यस्तै जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोसीका अनुसार घटर्ना स्थालमा प्रहरी पुगेको छ । अन्दाजी राती ३ बजेको समयमा आग्लागी भएको छ ।प्रहरीका अनुसार त्यो केटिएको कैलु गिरीले १६ वर्षको भनेर छोरी हराएको भन्दै यहि असार १३ गते प्रहरी निवेदन दिएका दिएका थिए ।
यता तातोपानी ४का वडा अध्ययक्ष अमर बहादुर रोकायाले घरमा आगलागी भएको छ । तर कसले लगायो, कसरी लाग्यो भन्ने पीडित पक्षले किटानी जाहेरी दिएपछि प्रहरीको अनुुसन्धान बाट खुल्ने बताए ।उनले भने,’म जतिप्रतिनिधिका हिसावले हेर्न जादा घरको तल्लो तलाबाट आगलागी भएको छ ।त्यस्तै मुकुन्द नेपालीका घरपरिवार र माइति पक्ष बिच बिभाद भएको भन्ने सुन्न आएको थियो । त्यस्तै अहिले केटी पक्षकाले २० वर्ष नपुको भन्दै बालविवाह र केटा पक्षले जातिय विवेदको मुद्दा उठाइएको खेखिन्छ ।केकस्तो कारण हो भन्ने बारेमा असन्धान भइरहेको प्रहरीले बताएको छ ।बालविवाहलाई जातिय विभेद संग जोड्ने कुरा राम्रो मानिदैन ।