आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर १५ महिना कैद

काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनले गैरकानुनी रुपमा सम्पत्ति आर्जनको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेका हुन्। विशेष अदालतले शुक्रबार खड्कालाई उक्त मुद्दामा दोषी ठहर गर्दै १५ महिना कैद र १८ करोड जरिवानाको फैसला सुनाएको हो ।

शुक्रबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरू शालिग्राम कोइराला र डा। खुसी प्रसाद थारुको इजलासले खड्कालाई दोषी ठहर गर्दै १ वर्ष ३ महिना कैद हुने सजाय सुनाएको हो । त्यस्तै उनीबाट १८ करोड भराउने आदेश दिएको छ ।

अख्तियारले खड्काविरुद्ध २३ पुस २०७८ मा १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो । त्यस्तै अख्तियारले खड्काको घर, जग्गा, बैंक मौज्दात जफत गर्न मागदाबी लिएकोमा अदालतले जफत गर्ने आदेश दिएको छ ।

सम्बन्धित समाचार