प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरूको माग : आवश्यक कानुन बनाइदेऊ, ट्राफिक जरिवाना प्रदेशलाई देऊ (पूर्णपाठ)

काठमाडौं । अन्तरप्रदेश मुख्यमन्त्री एक दिने बैठक पोखरामा सकिएको छ । शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरामा उक्त बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । बैठकमा ६ वटा प्रदेशका मुख्यमन्त्री सहभागी थिए । कोशी प्रदेका मुख्यमन्त्री उपस्थित हनु पाएनन् । आजै कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्कीको सरकार ढलेको छ ।

मुख्खयमन्त्रीको बैठकले १७ वटा माग प्रधानमन्त्री प्रचण्डलाई बुझाको छ ।

ख्यमन्त्रीको बैठकमा दिनभर छलफल गरेपछि साँझ प्रधानमन्त्रीलाई प्रदेशका साझा १७ समस्या र माग बुझाएर अन्तर मुख्यमन्त्री बैठक सकिएको हो । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री प्रचण्डलाई बैठकका निष्कर्ष बुझाएका थिए ।

नेपाल प्रहरी समायोजन हुनुपर्ने, निजामती सेवा ऐन बनाएका प्रदेशमा संघीय ऐन नबन्दा समस्या भएकाले संघले कानुन बनाइदिनुपर्ने, स्थानीय कच्चा पदार्थमा आधारित मदिरा उत्पादन र ब्राण्डिङको अधिकार प्रदेशलाई दिनुपर्ने, प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत मुख्यमन्त्री कार्यालयमा पठाएर त्यहीँबाट पदस्थापनको व्यवस्था हुनुपर्ने, प्रदेशका एकल अधिकार प्रयोग गर्नलाई संघ सरकारबाट बन्नुपर्ने कानुन शीघ्र बनाउनुपर्ने, प्रदेश सरकारले उपभोग गरेका जग्गा प्रदेश सरकारलाई दिनुपर्ने, ट्राफिक जरिवानाबापतको रकम प्रदेशको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था हुनुपर्नेलगायत १७ वटा माग राखिएको छ ।

प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री बैठकले निकालेका निष्कर्ष कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको गण्डकीका मुख्यमन्त्री पाण्डेले बताए ।

बैठकमा कोशीबाहेक ६ वटा प्रदेशका मुख्यमन्त्री सहभागी थिए ।

सम्बन्धित समाचार