नागरिकलाई न्याय दिने प्रहरी आफै अन्यायमा


जुम्ला :  नागरिकलाई न्याय दिनका लागी डिउटीमा खटिने जुम्ला प्रहरी आफै अन्यायमा परेको छ । दिनरात नभनि शान्ति सुरक्षा दिनुपर्ने प्रहरी वर्षौ देखि आफैं असुरक्षित रुपमा बसेको हो । जिल्ला प्रहरी कार्यालयले कहिले त्रिपाल मुनि त कहिले खुल्ला चौरमा कार्यसम्पादन गर्दै आएको छ ।
जुम्लाको सदरमुकाममा खलंगामा अवस्थित जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरीको भवन ५ वर्ष अघि देखि निमार्ण हुने भएको थियो । तर अहिले सम्म अल्पत्र अबस्थामा छ । जनताको सुरक्षाका लागि खटिएका प्रहरी नै असुरक्षित छ ।जीर्ण भवनबाट सेवा दिनुपर्ने बाध्यता रहेको छ । जुम्लामा जिल्ला प्रहरी कार्यालयको भवन लामो समयदेखि जिर्ण छ। प्रहरी जीर्ण भवनमा बस्न बाध्य छ। साँघुरो भवनमा कोचिएर बसेका छन्। भवन सांँघुरो र जीर्ण हुँदा बसाइमा एकदमै समस्या भएको प्रवक्ता तथा सूचना अधिकारी धर्जाराज जोशीले बताए। उनले भने, ’नयाँ भवन निर्माणधिन अवस्थामा रहेको लामो समय भइसकेको छ । तर अहिले बन्ने कुनै अतोपत्तो छैन । प्रहरी कार्यालय जुम्लाको निर्माणाधीन पक्की भवन ५ वर्षदेखि अलपत्र भएको छ । कार्यालयमा हिरासत समेत राम्रो छैन। हिरासत कोठा राम्रो नहुँदा विभिन्न अपराधमा संलग्न र आरोपमा पक्राउ गरी ल्याएकालाई राख्न समस्या हुने गरेको प्रहरीको गुनासो छ।

त्यस्तै १० वर्ष सशस्त्र द्वन्द्वकालमा क्षतिग्रस्त जिल्ला प्रहरी कार्यालयको भवन बजेट अभावले निर्माणधीन अवस्थामै रोकिएको छ। २०७६ जेठ २९ देखि भएर २०७७ जेठ २८ गते सम्पन्न हुने गरी सम्झौता भएको थियो । तर भवन ५ वर्ष बितिसक्दा समेत बनेको छैन।भवनमा कार्यालय भवन, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, मेस, शौचालय तथा खानेपानीको ट्यांकी, खेलमैदानलगायत आवश्यक पूर्वाधार निर्माण हुने स्टिमेटमा उल्लेख छ।

त्यस्तै कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा ५ करोड ४५ लाख ९१ हजारमा ठेक्का भएको थियो। भवनको ठेक्का एम.के. देवसिंह जे.भी. धनगढी कैलालीको नामक कम्पनीले पाएको थियो । ठेक्का परेको निर्माण व्यवसायीको प्रतिनिधीको जुम्लाको चन्दननाथ नगरपालिका (२ का कृष्ण बहादुर स्वाँरले पाएका थिए ।

निर्माणधिन नयाँ भवनलाई सु –सम्पन्न गर्नका लागि माथिल्लो निकायमा पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको प्रहरीको भनाइ छ। भवन साँघुरो हुँदा सुुत्न, खाना पकाउन, खानेपानीको उचित व्यवस्थापन, शौच गर्न, विभिन्न प्रकारका फाइलहरु राख्न हतियार थन्क्याउन र अन्य आवश्यक बन्दोबस्तीका सामान ल्याएर राख्न समस्या छ । ’जिर्ण भवनका कोठाहरुका भित्ता फाटेका छन्, जस्ता खिया लागेर काम नलाग्ने भइसकेको छन । त्यहाँ कार्यरत प्रहरीहरु भन्छन्, , हतियार थन्क्याउने अलग्गै कोठा नहुँदा तनावमा छ । समय मिलाएर हतियार बाहिर घाममा ल्याइ सुकाउने गर्नुपर्ने अवस्था छ । सर्वोच्चो अदालत्तको फैसाला कुदै जुम्ला प्रहरीको भवन बसेको छ । यसमा कुनै निकायको ध्यान पुगेको छैन ।

यस्तो छ मुद्दाको हालत्त
ठेक्का नं.मउयव ०७५ ÷०७६ पउ ०१ ठेक्काको नाम : जिल्ला प्रहरी कार्यालय जुम्लाको कार्यालय भवन, ब्यारेक भवन, भान्सा घर, स्टाफ क्वाटर, शौचालय, सेफ्टी टंकी सोकपिट समेत रहको छ । .आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश बिरेन्द्र नगर सुर्खेतले मितिः २०७५।१०।१६ गते रु.१,००,००,०००।– (अक्षरुपी एक करोड) मात्र खर्च गर्न अख्तियारी यस कार्यालयको नाममा प्राप्त भएको ।
. ठेक्का परेको निर्माण व्यवसायीको नामः–एम. के. देवसिंह जे.भी. धनगढी कैलाली
ठेक्का परेको निर्माण व्यवसायीको प्रतिनिधीको नामः कृष्ण बहादुर स्वार
ठेक्का परेको यस कार्यालयको भवन निर्माण कार्यमा मु.अ.कर सहित मुल्य रु.५,४५,९१, ९२४।९२ मा २०७७÷०२÷२८ गते सम्म निर्माण गरि यस कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने गरी मिति २०७६।०२।२९ गते ठेक्का सम्झौता भएको ।

सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम निर्माण व्यवसायीलाई कबोल अंकको बढीमा २०% सम्म पेश्की रकम उपलब्ध गराउने कानुनी प्राबधान बमोजिम यस कार्यालयबाट मिति २०७६।०३।२६ गते कबोल अंकको १०% रकम रु.४८,३१,१४३÷– मात्र कोष तथा लेखा नियन्त्रक कार्यालयबाट जारी गरिएको चेक नं. ००४४९२०७२२०२०१ बाट एक पटक भुक्तानी दिईएको बाँकी १०% रकम मिति २०७६।०३।२९ गते को.ले.नि.का. जुम्लाबाट जारी गरिएको चेक नं.००४४९२१६८१०२०१ बाट रकम रु.४७.६८,८५७÷रकम भुक्तानी दिई दुई पटक गरी जम्मा रकम रू.९६,००,०००।– (अक्षेरुपी छयानब्बे लाख रुपैया) मात्र भुक्तानी दिईएको ।

निर्माण व्यवसायीले मिति २०७७÷०३।१० गते ईमेल मार्फत पहिलो रनिङ बिल मु.अ.कर सहित रकम रु.४४,८४,७५९।२३ (चवालिस लाख चौरासी हजार सात सय उनानसाठ्ठी रुपैया तेईस पैसा मात्र) पेश गरेकोमा उक्त रनिङ बिल चेक जाच तथा कार्य विवरण एकिन गरी निर्देशन गरी दिने सम्बन्धमा यस कार्यालयको च.नं.४४० मिति २०७७।३।१० गतेको पत्रद्दारा तालुक कार्यालमा पठाईएको।

.निर्माण व्यवसायीले मिति २०७७।०३।२६ गते यस कार्यालया समेतलाई विपक्ष बनाई उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट जारी भएको मुद्दा नं. ०७६–/wo ००१९ को जिल्ला प्रहरी कार्यालय, जुम्लाको नाउको सुचना म्याद तामेल भएको ।
एम.के.देवसिंह जे.भी.धनगढी कैलालीको अधिकार प्राप्त प्रतिनिधी जिल्ला जुम्ला चन्दननाथ नगरपालिका वडा नं.०२ बस्ने कृष्ण बहादुर स्वारले यस कार्यालयलाई विपक्षी बनाई दिईएको रिट नं. ०७६–wo–००१९ परमादेश मुद्दा यस कार्यालयको नाममा मिति २०७७।०४।०६ गते म्याद तामेल भईसकेको ।

श्री उच्च अदालत सुर्खेतले मिति २०७८।०१।२१ गते निवेदकले दायर गरेको ०७७–w0–००१९ र रिट नं. १५– ०७७ ००१७९ रिट निवेदन खारेज हुने ठहर गरिएको ।

एम. के. देवसिंह जे भी धनगढी कैलालीको अधिकार प्राप्त प्रतिनिधी कृष्ण बहादुर स्वारको वारिस जिल्ला दोलखा तामाकोशी गाउँपालिका वडा नं. ०२ घर भई हाल जि. काठमाण्डौ का.म.न.पा. वडा नं. ०५ बस्ने बर्ष ३४ को कुमार राज कार्कीले यस कार्यालयलाई विपक्षी बनाई सर्वोच्च अदालत मुद्दा तथा रिट महाशाखामा चढाएको मुद्दा नं. ०७९–ci– ०३२२ परमादेश मुद्दा यस कार्यालको नाममा मिति २०७९÷०८÷२० गते म्याद तामेल भई उक्त रिटको जवाफ यस कार्यालयबाट मिति २०७९÷०९÷०१ गते श्री महान्यायधिवक्ताको कार्यालय रामशाहपथ काठमाण्डौमा लिखित जवाफको नक्कल तथा सक्कल पठाई सकेको छ । तर यस भन्दा अगाडी पेसीनै नबढेको पाइएको छ ।

सम्बन्धित समाचार