जुम्ला : पुल बाट चिप्लिएर बेपत्ता भएका एक किशोरको शव फेला परेको छ । जेठ महिनाको ३० गते जुम्लाको तिला गाउँपालिका–६ का कर्णबहादुर रोकायाका छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया बे शब १६ दिन पछि शब भेटिएको हो । उनी जुम्लाको तिला गाउँपालिका–१ मा निर्मित अस्थायी पुल बाट चिप्लिएर बेपत्ता भएका थिए । उनको शव चिप्लिएको ठाउँबाट करिब दुई किलोमिटर तल भेटिएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान ७ बजे तिर तिला–१ मा पर्ने गाड्गोडेनी भन्ने ठाउँमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए।उनका अनुसार रोकाया तिला–१ रारालिही बजारबाट घर जाने क्रममा चामलको बोरा लिएर तिला नदी तर्ने क्रममा पुलबाट चिप्लिएर बेपत्ता भएका थिए। शव पोष्टमाटमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको उनले बताए