जुम्ला : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ,जुम्लाबाट ९ सय ५८ जना महिला आत्मनिर्भर भएका छन । बृहत व्यवसायिक कृषि उत्पादन तथा औधोगिक केन्द्र(सुपर जोन) विकास कार्यक्रम अन्तरगत्त उनिहरु आत्मनिर्भर भनेका हुन । स्याउसुपरजोनले संञ्चलन गरको स्याउको चक्लाबन्दी क्षेत्र बिस्तार ,बगैंचा ब्यवस्थापन , सिचाँइ यान्त्रिकरण , सिमित चाक्लाबन्दी क्षेत्रबिस्तार आदि सम्बन्धी तालिम जस्ता कार्यबाट एक आर्थिक वर्षमा मात्रै ९सय ५८ जना महिलाले लाभान्वित भएका छन ।
यहाका नागरिकलाई व्यवसायिक कृषि उत्पादनमा टेवा पु¥याउनका लागी कर्णाली प्रदेसको कालिकोट र जुम्लामा स्याउ र सिमि जोनको कार्यक्रम संञ्चालन गर्दै आएको सुपरजोन जुम्लाका कार्यालय प्रमखु खेमराज शाहीले बताए । उनका अनुसार आर्थिक वर्ष २०७८÷७९मा स्याउ सुपरजोन जुम्लाबाट संञ्चालित कार्यक्रमका लागी ४ सय ३१ कृर्षक समुह ,४९ वटा कृर्षि सहकारी र पाँच सय ७८ उद्योमी गरी एक हजार ५८ वटा फोर्म सुचिकृत भएका छन । कार्यालय प्रमुख शाहीले भने,’ ९सय ५८ महिला ,६सय ७६ पूरुष,३सय ५३ दलित ,४सय ८३ जनजाती ,४सय ४९ युवा र ७ सय ९८ अन्य गरी जुम्ला १ हजार ६ सय ३४जना लाभान्वित भएका छन । यो संख्या जुम्ला र कालिकोटमा संञ्चालित सुपरजोन कार्यक्रम मार्फत लाभान्वित भएको हो ।
त्यस्तै राष्ट्रिय प्राथमिकता र स्थानिय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरु भएको र तोकिएको बाली ÷वस्तुमा न्युनतम १००० हेक्टरमा संञचालन भएको वृहत व्यवसायिक कृषि उतपादन तथा औधोगिक केन्द्रका रुपमा सुपर जोन हरुले कार्यक्रम गर्दै आएको सुपोरजोन जुम्लाका कार्यालय प्रमखु शाहीले बताए ।उनका अनुसार सुपोर बाली ÷ वस्तुको उत्पादन तथा उत्पादकत्व वृद्दी गर्नु, सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण, कृषि पूर्वाधार विकास एंव व्यावसायिकरण प्रबर्धन, प्रशोधन गर्र्ने काम गर्दै आएको छ ।
त्यस्तै यस कार्यक्रमबाट व्यवसायिक कृषक समूहहरु तथा सहकारीहरु ,जल उपभोक्ता समूहहरु ,निजि कृषि उद्दमी तथा व्यवसायीहरु (कानुन बमोजिम दर्ता भएका कम्पनीहरु) , कृषि उपज बजार सञ्चालक समितिहरु लाभान्वित हुन्छन ।
जुम्लाको कृर्षिमा आबद्ध जनसंख्या
त्यस्तै तथ्याङ्क कार्यालय जुम्लाको २०७८ को जनगणना अनुसार १० वर्ष भन्दा माथीका ३१ हजार १सय ७८ जना पूरुषलाई प्रश्न सोधिएको छ ।सजमा माध्य १९ हजार ६ सय ७७ कृर्षमा आबद्ध छन । यो ६३ दशमलब एक एक प्रतिशत हो । त्यस्तै ३१ हजार ५ सय ४३ जना महिलाई सोधिएको प्र्रश्नमा २४ हजार ५सय ६५ जना महिला कृर्षिमा आबद्ध रहेका छन । ७७ दशमलब आठ पंईन्ट सात प्रतिश हो ।जुम्ला ६२ हजार सात सय २१ जना कृर्षिमा आबद्ध छन । त्यस्तै तथ्याङ्क कार्यालय जुम्लाका कार्यालय प्रमुख रघुनाथ जोसीका अनुसार दश वर्ष माथीका महिला र पुरुष गरी ४४ हजार २ सय ४२ जना कृर्षिमा छन । ७० दशमलब ५ प्रतिश हो । उनका अनुसार कृषि गणना भएको छ तर त्यसको आधिकारिक तथ्याङ्क आउन बाँकी रहेको छ ।
२०७९मा जुम्लामा करिब १९ करोडको स्याउ उत्पादन
स्याउ सुपरजोन भनेर चिनिएको जुम्लामा यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ ।कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहमा गरी १९ करोड बराबरको स्याउ उत्पादन भएको हो ।स्याउ व्यापारीको हतारोका कारण केही कृषकले स्याउ गुलियो, पोटिलो र परिपक्व नहुँदै टिपेर बिक्री गर्दा त्यसको परिमाणमा कमी आउँछ ।यद्यपि गएका वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा राम्रो वृद्धि भएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।उनले भने,’४२ सय हेक्टरमा स्याउ खेती भइरहको छ । उनका अनुसार ३हजार हेक्टरमा स्याउ फल्ने गरेको छ ।
जुम्ला स्याउमा आत्म निर्भर जिल्लाका रुपमा विकसित हुँदै गएको छ । यहाँका पाखाबारी पनि स्याउ बगैँचामा परिणत छन् ।जुम्लाका १८ हजार घरधुरी मध्ये झण्डै १६ हजार बढी घरधुरीमा स्याउ खेती गरिएको छ ।एक घर एक बैगचा जस्ता कार्यक्रम पनि जुम्लामा सञ्चालन भएका छन् ।जुम्लाकोे जुनसुकै क्षेत्रको भू भाग स्याउ खेतीका रुपमा योग्य भएको जिल्ला कृषि कार्यालयले प्रमाणित गरेको छ । पश्चिमको मालिकाठाँटा, पुर्वको गुठिचौर लगायतका सबै क्षेत्रमा स्याउ खेती हुदै आएको छ । स्याउ खेतीलाई मौसमी व्यापारका रुपमा पनि लिने गरिन्छ ।
५३ हजार १ सय ७६ बिरुवामा सुपरजोनको अनुदान
यस वर्ष स्याउ सुपारजोन जुम्लाले ५०प्रतिशत अनुदानमा स्याउका बिरुवा बितरण गरेको छ । स्याउ सुपरजोन संञ्चालक समितका संयोजक सरोज शाहीका अनुसार सघन स्याउ रोप्न विरुवा आयात गरी किसानलाई वितरण गरिएको छ । उनका अनुसार २० हजार ८ सय फुजी स्याउका र २३ हजार ६ सय ५१ जुम्लाको स्थानीय स्याउका विरुवा ५० प्रतिशत अनुदानमा किसानले पाएका छन । त्यस्तै आठ हजार ७ सय २५ ओखरका बिरुवा बिरुतरण गरिएको छ ।शाहीका अनुदानमा केही समस्या देखिएको छ ।
कर्णाली प्रदेश बाट दिइने स्याउका बिरुवाको अनुदानमा ७० प्रतिशत दिन्छ । अनि स्याउ सुपरजोनमा ५० प्रतिशत्त त्यही कार्यक्रम आउने गरेको छ । यसले गर्दा कृर्षिमा आउने अनुदानको एक रुपमा देखिएको छैन । संयोजक शाहीले भने,’विश्व बजारमा राम्रो सम्भावना भएको र नेपालमा पनि फुजी स्याउको बढ्दो माग छ ।तर त्यसको उत्पादन वृद्धि गर्न अनुदानमा विरुवा वितरण गर्ने कार्यक्रम हो । नेपालमा अहिले अन्य स्याउको भन्दा फुजी स्याउ तेब्बर बढी मूल्यमा बिक्री भइरहेको छ ।
फुजी स्याउ बगैँचामा अनुगमन
जुम्लाको गुठिचौर गाउँपालिका–५काडाखोला जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैँचा जुम्लाका सरोकारवालाले अनुगमन गरेका छन । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मीनबहादुर भण्डारीले निमार्ण गरेको आधुनिक स्याउ बगैँचा अनुगमन गरिएको हो । १८ हेक्टर जमिनमा रहेको त्यो बगैँचामा २२ करोड लगानी भएको छ । ४८ हजार बिरुवा रोपिएको छ। भण्डारीले २२ करोड लगानीमा २०७६ सालमा जुम्लामा ठूलो बगैँचा निर्माण गरेका हुन्।
त्यस्तै गुठिचौर–३ का टंक गिरीले साढे ७ करोड लगानीमा २२ हेक्टर जग्गामा १४ हजार बिरुवा रोपेका छन्। उनले यो बगैँचा बनाएको २ वर्ष भएको बताए। ‘श्री हिमाली टी एण्ड एन एग्रो फर्म’ दर्ता गरी गिरीले बृहत् बगैँचा निर्माण गरेका हुन्। यसको मुख्य उद्देश्य भनेकै आम्दानीसँगै रोजगारी सिर्जना भएकाले भविष्यमा स्याउबाटै सयौँलाई रोजगारी दिन सकिन्छ। यहा स्याउ सुपरजोन र कृषि बिकास कार्यालय जुम्लाले पनि लगानी गर्दै आएका छन ।
त्यस्तै कृषि शिक्षा, कृषि अनुसन्धान र कृषि प्रसारलाई एउटै छानामुनि ल्याएर समन्वयात्मक रूपले सञ्चालन गर्न सकेको खण्डमा जुम्ला कृषि क्रान्तिको आधार बन्न सक्ने देखिन्छ । यसले गर्दा देशका कृषिविद्हरूलाई आवश्यक प्रेरणासमेत दिएर दक्ष र सीपयुक्त जनशक्ति किसानको खेत र किसानको माझ पु¥याउनुपर्ने आवश्यकता छ। कृषकलाई आधुनिक कृषि प्रणाली र कृषि प्रविधिमा दक्ष बनाउन र अभ्यास गराउन अभिमुखीकरण, प्रशिक्षण र तालिमको व्यापक अभियान लाई निरन्तरता दिदै आएको स्याउ सुपरजोन जुम्लाले बताएको छ ।