काठमाडौं । बालुवाटारस्थित सरकारी निवासको जग्गा प्रकरणमा पक्राउ परेका ३ जना छुटेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) तीन जनाले अदालतबाट पक्राउ नगर्न भनि आदेश लिइसकेको पाइएपछि छाडिएको जनाएको छ ।
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र भूपेन्द्रमणि केसीले अदालतबाट आदेश लिइसकेको प्रमाण पेश गरेका छन्।
उनीहरुले गत साउन १९ गते नै पक्राउ नगर्न र थुना बाहिर रहेरै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित अदालतमा निवेदन दिएका थिए।
यो आदेशसँगै अब प्रहरीले उनीहरुलाई यो मुद्दामा थुनामा राख्न मिल्दैन। सीआईबीले थुना बाहिरै राखेर अनुसन्धान गर्नुपर्नेछ।