काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सरेको छ । २३ असारका लागि बोलाइएको केन्द्रीय समिति बैठक १७ साउनमा बस्ने गरी सारिएको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
माओवादी केन्द्रले सूचना जारी गरेर केन्द्रीय समितिको बैठक सरेको जानकारी दिएको छ । अर्को बैठक १७ साउनमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बस्ने जनाएको छ ।
केन्द्रसहित सातै प्रदेशमा बजेट अधिवेशन चलिरहेकाले केन्द्रीय समितिको बैठक १७ साउनका लागि सारिएको उनले बताए । उनका अनुसार केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी सात सयभन्दा बढी सहभागी हुनेछन् ।