चन्दननाथ मन्दिर धार्मिक आस्था की राजनिति थलो

जुम्ला :  जुम्ला सदरमुकाम स्थित चन्दननाथ भैरवनाथ मन्दिरको आफनो छुटटै महत्व छ । यो मन्दिर कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थलका रुपमा परिचित पनि छ । यो मन्दिरका ५२ हातको लिङ्गो र ५२ हातको ध्वजा तथा नेजा छन । सयौँ भक्तजन, कर्णालीको धार्मिक आस्था बोकेको यो मन्दिरको परिसरमा पुर्व राजा रानीका तस्बिर आखिर किन राखिएको छ ।

कर्णालीको प्रमुख धार्मिक तथा पर्यटन सम्भावना बोकेको यो मन्दिरमा बाहिर्य तथा आन्तरिक पर्याटक दिनि प्रति आउने गरेका छन । तर त्यहा आउने पर्यट पुर्व राजारानीका फोटा हेर्न आउँछन कि मन्दिर दर्शन गर्न आउँछन भन्ने सबैको मनमा उब्जीएको प्रश्न हो ।

कर्णालीको एकमात्र धार्मिक पर्यटनको धरोहर मानिने चन्दननाथ मन्दिर सबैको साँझा हो । मन्दिर जस्तो साझा अनि पवित्र ठाउँमा कसैको राजनितिक आस्ताका कारण पुर्व राजाको तस्बिर राख्न पाइदैन  । तर पनि यहा पुर्वराजाका तस्विर राखेको करिब दुई वर्ष भन्दा बढी समय भईसक्यो । बजारमा चियाचोकहरुमा मन्दिर भित्र राखिएका पुर्वराजाका फोटाहरुका बारेमा गफ हुन्छ ।त्यसको बारेमा बिरोध गर्ने आँट सकैले पनि गरेका छैनन ।

दैनिक करिब डेढ सय आन्तरिक तथा बाह्य पर्यटक आउने यो मन्दिरमा नेपालको ब्यवस्थाबाट हटाइएको पुर्व राजारानीका तस्विर राख्नु कतिको जाहेज छ । चन्दननाथ मन्दिरको आफ्नो इतिहास छ ।


त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले मन्दिरमा कसैको राजनितिक आस्था संग जोडेर पुर्व राजपरिवारका तस्बिर राख्ने काम गलत हो । यस अघि मन्दिरमा कोहीकसैले त्यस्तो गर्ने प्रचलन थिएन । उनका अनुसार निवर्तमान चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतले पुर्व राजारानीका फोटा राखेपछि विवाद भएकाे थियो ।उनले भने,’मन्दिर भित्रराखेका पुर्व राजारानीका फोटा हटाउनका लागी छलफल भएपनि निर्वतमान अध्यक्ष पूर्णसिंह कठायतले नमानेका हुन ।

मन्दिर जस्तो ठाउमा राजनितिक रंगदिदा यहाका सरोकारवाला निकाय मौन भएका छन । यो मन्दिरको संरक्षकको जिम्वेवारी प्रमुखि जिल्ला आधिकारी नै तोकिएको छ ।अहिले अम्मर बहादुर थापाको नेतृत्वमा नौजनाको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समिति छ । समितिका कोषाध्यक्ष नवराज श्रेष्ठले निर्वतनमा गुठी व्यवस्थापन समितिले सबै पुर्व राजाहरुका फोटा राखेको बताए ।उनका अनुसार मन्दिर भित्रको अफिसकोठा ,विवाह मण्डब लगायत ठाउमा पुर्व राजाहरुका सबै फोटाहरु राखिएका छन । उनले भने, याे निवर्तमान अध्यक्ष  पुर्णसिहं कठायतले राखेका हुन।  उनले भने,’यस बिषयमा कार्य समिति बसेर छलफल गर्ने छौँ ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी तथा चन्दननाथ भैरवनाथ मन्दिरका संरक्षक जयकुमार घिमिरेले मन्दिरमा पुर्व राजा रानीका फोटा राखिएको बारेमा जानकारी नभएको बताए ।उनले भने,’ यो समितिको जिम्म हो । प्रजिअ घिमिरेले मन्दिर जस्तो ठाउमा पुर्वराजारानीका फोटा राख्न नहुने हो । यस बिषयमा समिति संग बुझने बताए । मन्दिर जस्तो पवित्र ठााउमा बस्ने ब्यक्तिको यो खालको हविगत्तले चन्दननाथ मन्दिरको इतिहास भन्दा पनि ब्यक्तिगत स्वार्थ जोड्न खोजिएको देखिन्छ ।

 

सम्बन्धित समाचार