जुम्ला : जुम्लाको हिमागाउँपालिका एक देवारगाँउ घर भएका आन्दाजी ३२ वर्षका एक युवाको शब अलपत्र परेको छ ।ठुलो धन कमाउने सपना देखेर मलेसिया गएका रातो दमाइका छोरा मयलाल परियार (दमाइ)को शब मलेसियामा अलपत्र परेको हो ।
२०७० सालमा साउन १९ गते उनि वैदेशिक रोजगारीको सिलसिलमा नेपालबाट मलेसिया उडेका थिए ।जुम्लाको हिमागाउँपालिका एक देवारगाँउ घर भएका परियारको यहि असार ८गते निधन भएको भएपनि ९ गते मात्रै थाहा भएको मलेसियामा बस्दै आएका हिमागाउँपालिका एक देवारगाँउका मृर्गेन्द्र कुमार शाहीले बताए । उनका अनुसार उनी दिउसाेकाे समयमा सुरक्षा गार्डकाे काम गर्ने भएकाले डिउटिमा गएका थिए । राती कोठा भित्र उनको मृत्यु भएको रहेछ । उनले भने,’ भोली पल्टमात्रै थाहा भएको हो।
जुम्ला घर भइ हाल मलेसियामा बस्दै आएका मृगेन्द्र कुमार शाहीले जानकारी दिनुभएको छ । मलेसिया बस्दै आएका शाहीका अनुसार मृतको शब अहिले मलेसियाको कोलालम्पुर स्थित अस्पतालमा रहेको छ । उनको मत्यु भएको तिन दिन भईसकेको छ । उनको शब नेपाल ल्याउने बारे कुनै निकायले पहल गरेको देखिएको छैन ।
अहिले उक्त मृत शब प्रहरीको सुरक्षामा रहेको शाहीले बताएका छन् । मृतको शब नेपालमा ल्याउनको लागि सरकार समक्ष पहल गरिदिन उनले सामाजिक संञ्जाल मार्फत अनुरोध गरेका छन । उनले भने, मृत्यु भएको तिन दिन भइसक्यो छिटो भन्दा छिटो शब नेपाल लिनका लागी उनले हारगुहार गरेका हुन। तिनै निकायका सरकारको ध्यानकर्षण रहोस शाहीले,’परिवार समक्ष मृतकको शब छिटो भन्दा छिटो पगाउनका लागी अनुरोध गरेका छन ।