जुम्लाको पानी,जलाधारको लगानी (फोटोफिचर)


जुम्ला :  केही समय पहिला खोलानाला, ताल, पोखरी लगायत पानीका स्रोतलाई पूजा गरी संरक्षण गर्ने संस्कार पनि थियो । तर अहिले यि संस्कार लोप हुँदै गएका छन । दिनप्रतिदिन बढ्दै गएको जलवायु परिवर्तका कारण पानीका मुल सुक्न थालेका छन । जुम्लाको गुठीचौर गाउँपालिका दुइ भडा बाख्रा अनुसन्धान केन्द्र नजिकै रहेको पानीको ढुङगे धारा सडक निमर्णको क्रममा खनिएको मोटोमा पुरिएको थियो । त्यो देवल धारा भन्ने पानीको मुहान सडक भन्दा मुनितिर रहेकाले सडक खन्दा आएको बाढी पहिरोले पुरेको त्यहाका स्थानीयको भनाईछ ।


त्यहाका स्थानीयका अनुसार सडक निमार्ण गर्ने क्रममा माथी बाट आएको बाढी पहिरोले त्यो धाराको नाम निसाना मेटाइ दिएको थियो । घर घरमा धारा आउनु भन्दा पहिला त्यहाको लागी एक मात्रै खानेपानी हो । अहिले पनि १ सय ३५ घरको लागी सरसफाई गर्ने पानी त्यही छ । त्यो धाराको नाम देवल धारा थियो । पाँचभाइ पाण्डव एक हप्ता बसेर त्यो धारा निमार्ण गरी पानी खाने गरेको भन्ने किबदन्ती रहेको स्थानीय आएको तुला बोहोराले बताए । उनका अनुसार त्यो धारा भएको ठाउमा धान नपाक्ने भएपनि पाँच भाइ पाण्डव एक हप्ता बसेर सिजाको पाण्डगुफा गएको भन्ने छ । यो धारा भएको ठाउमा एक देवल पनि छ । केही ढुङगामा लेखिएका चित्रपनि देखिन्छन ।


त्यस्तै भु तथा जलाधार ब्यवस्थापन कार्यालय जुम्लाले त्यो पानीको मुहान संरक्षणका लागी लगानी गरेको कार्यालयका प्रमुख हिमालय साउदले बताए । उनका अनुसार जउलेधारा पानी मुहान संरक्षण गुठीचौर दुई जुम्ला नमक आयोजना मार्फत यो काम गरिएको हो । उनले भने, ’जउलेधारा पानीम मुहान संरक्षणका लागी १८ लाख ७७४५० लागत रहेको छ । यस कार्यालयले १४ लाख ४० हजार योजना खर्च गर्ने छ । उनका अनुसार जलाधार व्यवस्थापन महत्वपूर्ण छ । यसतर्फ सबैको ध्यान पुग्न जरुरी छ । जल, जमिन रहे पो वनजंगल रहन्छ,वन्यजन्तु रहन्छ, कृषियोग्य भूमि रहन्छ । मानिसको अस्तित्व रहन्छ । उनले भने,’ खानेपानीका मुहान संरक्षण गर्नु अहिलेको आबश्यकता हो ।

यहा जउलेधार निर्माण गर्दा सबै स्थानीय स्रोत साधन प्रयोग गरिएको छ । वरिपरि ग्यामिन हालि घेराबार गरिएको छ । पुराना जस्ता इतिहासिक ढुङगे धारा निमार्ण गरिएको छ । उनले थपे, ’यहा सिमेन्ट प्रयोग गरिएको छैन । खानेपानी आपूर्तिका लागि ‘अपरिहार्य विकल्प’ का रूपमा सञ्चालित त्यस्ता आयोजनामा प्रयुक्त प्रविधि मूल सुकाउने मुख्य कारक पनि बन्न थालेको पान्इछ । तसर्थ, मुहानलाई जोगाउँदै पानीको मात्रा बढाउन र मुहान बचाउन पानीका मुहान तथा मूलाधार संरक्षण सम्बन्धी प्रभावकारी नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता छ। हाम्रो समुदाय खानेपानी, पशुपक्षी, कृषि, जैविक विविधता, पर्यटन र सांस्कृतिक पर्व मूल र मुहानमा आधारित छन् । यी पानीका स्रोत मात्र होइनन्, जलवायु र वातावरण परिवर्तनका सङ्केत पनि हुन  ।

 

त्यस्तै गुठीचौर गाउँपालिका दुई कोल्याका लाजु बोहोराले पछिल्ला दिनमा मुहानमा पानीको मात्रा घट्ने र मुहान सुक्ने क्रम बढ्दो रहेको बताए । उनले यसका लागि स्थानीय स्तरमा भइरहेका मानवीय हस्तक्षेपका साथै जलवायु परिवर्तन जस्ता बाह्य कारण जिम्मेवार छन्। उनले भने,’यो पानी हाम्रो इतिहास संग जोडिएको भएकाले बाढीपहिलरोले ढाकिएको पानीको मुहान पुर्नर निमार्ण गरेका हौँ ।

त्यस्तै, जलवायु परिवर्तनका कारण हुने अतिवृष्टि, अल्पवृष्टि र तिनिहरुबाट सिर्जित बाढीपहिरो, खडेरी र भूकम्प आदि मुहान सुकाउने मुख्य प्राकृतिक कारण हुन ।यसलाई मध्यनजर गर्दै भु तथा जलाधार ब्यवस्थापन कार्यालय जुम्लाले हुम्ला , डोल्पा ,मुगु, कालिकोट र जुम्लमा पानीका मूल सुक्ने समस्यामा गम्भीर रुपमा देखिएकाले पोखरी पुनःस्थापना, आकाशे पानी सङ्कलन, मूल पुनर्भरणका कार्यक्रम बाढी पहिरोको जोखिम रहेका ठाउहरुमा तटबन्धान गर्दै आएको छ ।

सम्बन्धित समाचार