कर्णाली : आव ०८०/८१ को बजेट ३३ अर्ब ३७ करोड ९७ लाख

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँ विनियोजन गरेको छ।

३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट विनियोजित बजेट आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रस्तुत गरेका हुन्।

चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ। बजेटमा स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ।

 

सम्बन्धित समाचार