तातोपानी चारका जेष्ठ नागरिकलाई सहायता सामाग्री वितरण (फोटोफिचर)

जुम्ला ः तातोपानी ४ नम्वर वडा कार्यालयले जेष्ठ नागरिकलाई सहायता सामाग्री दिइएको छ । तातोपानी गाउँपालिकाको ४ वडाले ७० वर्ष माथीका १सय २७ जना जेष्ठ नागरिकलाई सहायता सामाग्री उपलब्ध गराएको हो । तातोपानी ४का वडाध्यक्ष अमर बहादुर रोकायाको अध्यक्षतामा लक्षित वर्गअन्तरगत जेष्ठ नागरिकलाई सहायत कार्यक्रम गरिएको थियो ।


वडाध्यक्ष रोकायाले जेष्ठ नागरिकहरुको सम्मानमा लौरो ,एक डिब्बा हर्लिक्स र आयुर्वेद औषधी वडा कार्यालयले उपलब्ध गराएको हो । वाडाध्यक्ष रोकायाले भने,‘जहाँ जेष्ठ नागरिकको सम्मान हुन्छ, त्यहाँका नागरिकको चेतना स्तर विकास भएको बुझिन्छ । यस कारण हाम्रो वडाकार्यालयले जेष्ठ नागरिकलाई विकास र समृद्धीको आधार मानेर सम्मान गर्दै आएको छ ।


त्यस्तै जिल्ला समन्वय प्रमुख गौरी नन्द आचार्यले जेष्ठ नागरिकको लागी लौरोको सहायता बहुउपयोगि हुने बताए ।उनले भने,’जेष्ठ नागरिकहरुलाई यस्ता खालका कार्यक्रमले हौसाला बढाएको बताए । उनका अनुसार जेष्ठ नागरिक आजका युवा भोलीका जेष्ठ नागरिक हुन । त्यसैले जेष्ठनागरिकलाई ससम्मान पुर्व बाँच्न पाउने अधिकारको प्रत्याभुति हुन जरुरी छ ।


त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाइले तातोपानी ४को वडा कार्यालय जेष्ठ नागरिकलाई सम्मान गर्ने पहिलो वाडा भएको बताए । उनले भने,’ यस अघि यस वडा कार्यालयले जेष्ठ नागरिकका लागी दाँत हाल्ने दन्त्त शिविर राखेको थियो । अहिले सहायता कार्यक्रम गरेको छ । उनले भने, वडाको गरेको यस्ता खालका कार्यक्रमले जेष्ठ नागरिकले गाउँमा सरकार आएको महशुस गरेका छन ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले संविधानमै जेष्ठ नगरिकको हक अधिकारको लागी बोलेको बताए । उनले भने, सरकारले दिने सामाजिक सुक्षा भत्ता समयमै पाउनु पर्ने बताए । उनका अनुसार जेष्ठ नागरिक तथा हरेक कम्जोर वर्गको संरक्षण गर्नु राज्यको दायित्व हो । प्रजिअ घिमिरेले भने, स्थानीय सरकारले पनि जेष्ठ नागरिक जस्ता लक्षित वर्गलाई पहिलो प्राथमिकता राख्न जरुरी छ । त्यस्तै सशस्त्र प्रहरी जुम्लाका एसपी चेतराज जोसीले जेष्ठ नागरिक नै देवी देउता भएको बताए । उनले भने,’ घरमा भएका आफ्ना आमा बाबुलाई सम्मान गरे भगवान खोज्न मन्दिरमा जान नपर्ने बताए । उनले थपे,’ज्येष्ठ नागरिकको समस्याप्रति चासो दिनु वडाकार्यालयको राम्रो काम हो ।


त्यस्तै उपाध्यक्ष रेवती रावलले, वडा कार्यालयले सहायताको लागी बितरण गरेको लौरो , पोषण युक्त का खानेकुरा डिब्बा हर्लिक्स र आयुर्वेद औषधीले जेष्ठ नागरिकको महत्वपुण हुने बताइन । उनले भनिन,’सबै भोली जेष्ठ नागरिक हुने भएकोले स्याहारसुसार गर्नु पर्ने स्थानीय सरकारको दयित्व भएको बताईन । उनका अनुसार जेष्ठ नागरिकका लागी वडा सरकार र पालिका सरकार कर्मदिने छोरा छोरी हो ।उनले भनिन,’बालापनको उम्मेर र वृद्ध उमेर उस्तै उस्तै हुने भन्दै उनले खानपिन र सम्मान सत्कारमा कन्जुस्याइँ गर्न नहुने बताइन ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले ज्येष्ठ नागरिकको उमेरगत शारीरिक तथा मानसिक शिथिलता र कमजोरीका कारण रोग प्रतिरोधात्मक क्षमता स्वभावैले कमी हुने बताए । उनले भने,’जेष्ठ नागरिकको लागी तातोपानी ४ ले गरेको सहायता कार्यक्रम सबै पालिकाले सिक्नु पर्ने बताए ।उनका अनुसार जेष्ठ नागरिकको दैनिकी सहज र सुखद बनाउनु परिवार र राज्यको जिम्मेवारी पनि उत्तिकै हुन जरुरी छ ।

त्यस्तै तातोपानी ४ वडाका सबै भन्दा जेष्ठ नागरिक ८३ उमाकान्त उपाध्यायले गाउँमै जेष्ठ नागरिकको सम्मान गर्ने सरकार पाएकोमा खुसि ब्यक्त गरे ।उनका हिडडुल गर्दा सहज होस भन्नका लागी दिइएको लौरो, हर्लिक्स र आयुर्वेद औषधि उपलब्ध गराएको भन्दै स्थानीय सरकारलाई दिए ।

त्यस्तै स्वास्थ्य अवस्था कमजोर भएका ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई वडा कार्यालयले सहयोग पुर्वक दिइएको सहायता सामाग्र्रीले जेष्ठ नागरिक हर्षित भएका छन ।

सम्बन्धित समाचार