नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती )को स्वागत तथा सम्मान कार्यक्रम (फोटो फिचर)

जुम्ला : नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती )जिल्ला कार्यसमिति जुम्लाको आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम गरिएको छ ।नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती )केन्दीय अध्यक्ष हरि बहादुर रावल र कर्णाली प्रदेस अध्यक्ष देवेश्वर गिरी लगायत जुम्लाबाट बिभिन्न पदमा पुगेकाहरु लाई सम्मान तथा बधाइ कार्यक्रम गरिएको हो ।


नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती )केन्दीय अध्यक्ष हरि बहादुर रावलले अरु भन्दा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती )कोे महत्वपूर्ण भूमिका रहनु पर्ने बताए । उनले जनता मैत्री सेवा दिर्दै संघिताको मर्म अनुसार कर्मचारीले कार्यसम्पादन गर्न अनुरोध गरे ।

 

त्यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती कर्णाली प्रदेश अध्यक्ष देवेश्वर गिरीले कर्मचारीको हक हितका लागी लागी पर्ने बताए । उनले सरुवा वढुवा गर्दा केन्द्रमा धाउनु पर्नुे बाध्यताको अन्त्ये गर्ने बताए । कर्णाली प्रदेका कर्मचारीको हकमा आफु नेतृत्वको टिमले जिम्मा लिने बताए ।


जुम्ला जिल्लाका अध्यक्ष मिलान बुढथापाले नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती )को यो भेटघाट महत्वपुर्ण हुने बताए । उनका अनुसार जुम्लाबाट नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती )केन्दीय अध्यक्ष हरि बहादुर रावल र कर्णाली प्रदेस अध्यक्ष देवेश्वर गिरी लगायत पदाधिकारीलाई स्वागत तथा बधाइ कार्यक्रम गरिएको हो । उनका अनुसार निजामती कर्मचारीको क्षेत्रमा जुम्लाले अहिले फ्डको बारेमा देखिन्छ ।


त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले शुसान कायम गर्नका लागी कर्मचारीको पाटो महत्व पुर्ण हुने बताए । उनले हरेका कर्मचारीले तैनिक ,इमानदार र जिम्मेवारी बनेको खण्डमा नेपाल सरकारले लिएको शुसासनको लक्ष्य पुरा हुने बताए ।

 

त्यस्तै नेपाल पत्रकार महासंघका जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले जुम्लाको कर्मचारी क्षेत्रले केन्द्रीय स्तरको नेतृत्व गर्नु गौरबको कुरा रहेको बताए । उनले भने,यहाको बिकास र समृद्धीको लागी पनी कर्मचारी काम गर्नु पर्ने बताए ।

सम्बन्धित समाचार