काली मार्सी धान संरक्षणका लागि विश्वकै अग्लो छुमचौर ज्युलोमा रोपाइँ महोत्सव

जुम्ला – मार्सीधान संरक्षणका लागि जुम्लाको पातारासी गाउँपालिकाले रोपाई महोत्सवको गरेको छ । विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान फल्ने उपमा पाएको छुमचौर ज्युलोमा रोपाई महोत्सव गरिएको हो ।त्यो क्षेत्र समुन्द्री सतह देखि झण्डै २ हजार ८ सय ५० मिटर उचाईमा छ। स्थानीय सरकारको र कृषि बिकास कार्यालयको अगुवाईमा यस वर्ष कर्णाली प्रदेशका भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्माले खेतमा काली मार्सी धान रोपेर उद्धघाटन गरिएको छ ।


कृषि सहकारी मन्त्री शर्माले छुमचौरको ज्युलो कृषक संग मार्सी रोपेका छन । पछिल्लो समय बजारमा मार्सी चामलको माग उच्च रहेको बताए । उनले जुम्लाका किसानले यहाको रैथाने बालीको उत्पादन बढाउन सकेको खण्डमा कर्णाली प्रदेश सरकारले बजारीकरण गर्ने बताए । उनले भने,’ मार्सीधान संरक्षणको लागी संघ र स्थानीय सरकाले लगानी गरेको छ । प्रदेश सरकारले विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने मार्सी धानको लागी आबश्यक सहयोग गर्ने छ । उनका अनुसार छुम चौरको सबै ज्युलोमा मार्सी धानको रोप्न अनुरोध गरे । उनले यहको पहिचान महत्व बोकेको मार्सीधानको छुमा ज्युलो हेर्नका लागी पर्यटक बढ्ने बताए ।


त्यस्तै महोत्सवका माध्यम वाट कालीमार्सी धानको महत्व उजागार गर्न र किसानलाई मार्सी फलाउन उत्प्रेरणा दिनको लागि महोत्सव आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिन बहादुर रावलले बताए । उनले भने, बजारमा मार्सी चामलको माग बढ्दो छ। मार्सीधान उत्पादन गर्ने किसानको जोश जागर निकै कम छ। किसानलाई उर्जा दिन र बजारमा आएको माग पुरा गर्न किसानलाई जागरुक गर्न महोत्सवले सन्देश दिन सफल भएको छ।

त्यस्तै जिल्ला समन्वय समितका प्रमुख गौरी नन्द आर्चायले भने,स्थानीय किसानमा मार्सी प्रतिको आकर्षण बढ्दैछ। उनले भने,’छुमचौर ज्युलोलाई पर्यटकिय गन्तव्यका रुपमा स्थापित गर्ने सोच कर्णाली प्रदेस कारकारले राख्नु पर्ने बताए । उनले भने ,’जुम्ला जिल्ला अर्गानी घोषणा भएको जिल्ला हो । यहा उत्पादन हुने हरेक बस्तु बिषादी रहित हुन्छ । उनका अनुसार पातारासीमा उत्पादन हुने आलुले बजार नभएको समेत बताए ।

त्यस्तै गाँउपालिकाका अध्यक्ष पुर्ण सिंह बोहोरा संस्कार र संस्कृतिसँग जोडिएको मार्सीधान संरक्षण गर्न किसानलाई उत्साह फैलाउने कार्यक्रम गरिरहेको बताए। उनले भने, यहको आय स्रोत भनकै जडीबुटी भएकाले छुमचौर यार्सा टिप्न जाने भएकोले खेतहरु बाँझो हुने बताए ।

त्यस्तै पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले आइतबार विश्वकै अग्लो स्थान पातारासी गाउँपालिकाको छुमचौर ज्युलोे मार्सी रोपेको बताइन । उनले भनिन,पछिल्लो समय बजारमा मार्सी चामलको माग उच्च रहे पनि यसको उत्पादन घट्दै गएकाले मार्सी लोप हुन नदिन पातारासी गाउँपालिका रोपाइ महोत्सव गरेको हो । रैथानी बालीको संरक्षण गर्नका लागी पनी हामी सबैले छुमचौरमा महोत्सवको आयोजना गरिएको छ । परम्परादेखि जेठमै धान रोप्ने चलन छ । विश्वकै अग्लो स्थान उचाइकमा रहेको जुम्ला छुमचौर ज्युलोमा मार्सी फल्ने गर्दछ । पछिल्लो समय मार्सी लोप हुँदै गएपछि यसको संरक्षणमा कृषकदेखि स्थानीय सरकार लागिपरेका छन ।


त्यस्तै मार्सीधानमा ब्लाष्ट रोगको संक्रमण भएपछि उपचार विधि थाहा नपाउदा किसानले लगाउनै छाडेका थिए । अहिले कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा धान रोप्ने गरिएको जिल्ला कृषि बिकास कार्यालय जुम्लका निमिक्त प्रमुख गणेश बहादुर अधिकारीले बताए । उनका अनुसार सामान्यतया अन्य जिल्लामा असारमा मात्रै धान रोपिन्छ । तर, जुम्लामा भने जेठमै धान रोप्ने चलन छ । चिसोका कारण असारमा रोपेको धान समयमै नपाक्ने भएकाले यहाँ जेठमै धान रोप्ने गरिएको हो ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले मार्सीको पहिचान बढे संगै यसको माग पनि बजारमा बढ्दो छ । उनका अनुसार पातारासी गाँउपालिकाको छुमचौरकाे सबै  ज्युलोमा धान रोपनु पर्ने बताए ।
त्यस्तै तत्कालीन समयमा चन्दननाथ मन्दिरको शेरा ज्युलोबाट धानको बीउ लिएर छुमचौर ज्युलोमा रोपाइ गर्ने परम्परा रहको जानकारहरु बताउछन । तर पछिल्लो समयमा गाउँपालिका, कृषि बिकास कार्यालयको सहयोगमा चौर र छुमगाउँका स्थानीयको खेतमा कालीमार्सि धान रोपिएको छ।

सम्बन्धित समाचार