गुडिरहेको जिपबाट खस्दा एक घाइते

सल्यान : सल्यानमा गुडिरहेको जिपबाट खस्दा एक महिला सख्त घाइते भएकी छन्।

जिल्लाको त्रिवेणी गाउँपालिका १ काभ्रा बजारबाट नयाँ गाउँ जाँदै गरेको भे १ च १५५९ नम्बरको डबल क्याप बोलेरो जिपबाट शनिबार दिउँसो खस्दा कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर निवासी ४० वर्षीया डिल्ली कामी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

गुडिरहेको जिपको ढोका अकस्मात् खुल्दा जिपमा सवार कामी खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए।

गम्भीर घाइते कामीलाई स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको उनको भनाइ छ।

उनका अनुसार महिलाको अवस्था गम्भीर रहेको छ। जिप चालक कालिमाटी गाउँपालिका १ का २६ वर्षीय पप्पु डाँगी सख्त घाइते भएकी महिलाको साथमा रहेका घाइते महिलालाई उनले नै अस्पताल लगेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 

सम्बन्धित समाचार