जुम्ला ः जुम्लामा अटोको संख्या अत्यधिक बढेको छ । उनीहरुले क्षमता भन्दा यात्रु बोक्दा अटो चढेर गएका यात्रु असुरक्षित हुने गरेका छन ।सडकमा तीव्र गतिमा सडकमा हुइक्याउने लगायतका कारण जुम्लामा सवारी साधन दुर्घटना हुने दर बढेको सरोकारवालाले बताएका छन्।
त्यस्तै यहि जेठ २ गते विमान स्थलदेखि पातारासीको उर्थुतर्फ जाँदै गरेको क.१ह १५ नम्बरको अटो दुर्घटना हुँदा चन्दननाथ नगरपालिका– १० गैरागाउँका ४२ वर्षीय मेघराज न्यौपानेको निधन भयो । सोही अटोमा बसेका पातारासी गाउँँपालिका– ३ का कृष्ण बोहरा र अटोचालक चन्दननाथ नगरपालिका– ९ का गोविन्द सार्की घाइते भए ।
त्यस्तै गत्त पुस २१ गते जुम्लाको तिला गाउँपालिका–३ श्रीवेणीमा दुर्घटना हुँदा दुईजनाको मुत्यु भयो ।जुम्ला बसपार्कबाट रारा लिहितर्फ जाँदै गरेको क १ स ११ नम्बरको अटो अनियन्त्रित भई तिला नदीमा खस्दा तातोपानी–१ बाइराँकाका २९ वर्षीय पुरन सार्की र तिला–३ का २० वर्षीय आकाश थापाको मृत्युु भएको थियो । यि दुइ वटा अटो दुर्घना उदारहण मात्रै हो ।
त्यस्तै जिल्ला ट्रफिक प्रहरी कार्यालय जुम्लाको तथ्यांङ अनुसार आर्थिक वर्ष २०७६ । ७७मा तिन वटा अटो दुर्घना भएका छन । त्यस्तै आर्थिक वर्ष २०७७ । ७८ मा ४ वटा अटो दुर्घना परेका छन । त्यस्तै आर्थिक वर्ष २०७८ । ७९ मा ७ वटा र आर्थिक वर्ष २०७९ । ८० मा ४ गरी १५ अटो दुर्घना परेका छन ।
१ हजार ५ वटा अटो काबार्ही
त्यस्तै आर्थिक वर्ष २०७६ । ७७मा २ सय वटा अटो काबार्हिमा परेका छन भने एक लाख ८० हजार राजश्व उठेको छ । त्यस्तै आर्थिक वर्ष २०७७ । ७८ मा २ सय ६३ वटा अटो कार्बाहीमा परेको छन भने , २ लाख ६३ हजार राजश्व उठेको छ ।
त्यस्तै आर्थिक वर्ष २०७८ । ७९ मा ५ सय ४२ वटा अटो कार्बाहीमा परेको छन भने ४ लाख ८९ हजार राजश्व उठेको जिल्ला ट्रफिक प्रहरी कार्यालय जुम्लाको तथ्यांङ रहेको छ । यो तथ्यांङक अनुसार तिन आर्थिक वर्षमा १ हजार ५ वटा अटो काबार्हीमा परेका छन । भने यस बाट ९ लाख ३२ हजार राजश्व उठेको छ । काबार्ही पर्नेमा बिलकुक नभएका, लाइसेन्स नभएका रुडप्रमिट , नभएको ठाँउमा गुडेका र क्षामता भन्दा बढी यात्रु बोकेका अटोहरु अदि हुन ।
जिल्ला ट्रफिक प्रहरी कार्यालय जुम्लाका प्रहरी साहयक निरीक्षक दिलबहादुर बोहोराका अनुसार अटोबाट दुर्घनामा परी मृत्यु भएका र घाइते भएको छुट्टै तथ्यांङक राखीएको छैन ।उनले भने,’सडकमा एक रिक्साले अर्को रिक्सा उछिन्न खोज्ने प्रवृत्तिका कारण दुर्घना बढ्ने गरेको छ ।उनले भने,’रुट अनुसार रिक्सा सञ्चालन हुनुपर्यो, ।तर जुम्लामा ्त्यो छैन उनले भने, ‘ट्रफिक प्रहरी चेकिङमा जाँदा पालिका जनप्रति निधि मेरो मान्छे हो छोडिदिनुहोस भन्नु हुनन्छ। हामीलाई चेकिङमा बसेका थाहा पाउदा मान्छे झारेर सडकमा हिडरेर आउछन । अहिले जुम्ला बजार क्षेत्रर तातोपानीको बजार क्षेत्र अटोमय भएको पाइन्छ । तातोपानी जाँदा तातोपनीको रुट प्रमिटि देखाउछन ।
नगरपालिका आउदा नगरपािलकाको रुटप्रमिट देखाउछन । यातायातले दुइ ठाउको रुट दिएको छ । अटोरिक्साको नियमन र व्यवस्थापन गर्न सरोकारवाला पक्षले अटो नियमन गर्नु जरुरी छ।’ अटोरिक्साको कारण सडक सुरक्षामा चुनौति थपिएको ट्राफिक प्रहरीको अनुभव छ। लाइसेन्स नभएका व्यक्ति र निकै धेरै संख्यामा अटो रिक्सा जहाँ पनि सञ्चालन गर्ने पारीपाटीले सडक क्षेत्र असुरक्षित भएको प्रहरीले बताएको छ।
८४ वटा अटो संञ्चालनमा
चन्दनाथ , भैरव थान यातायात प्रालिका लक्ष्मान सुनारका अनुसार जुम्लामा लगभब ८४ वटा अटो संञ्चालनमा छन । उनले भने,’अटोले बिभिन्न ठाउका रुट प्रमिट लिएका छन ।पालिका बाट सिपारिस ल्याउने र यातायात ब्यवस्था कार्यालयले रुटप्रमिटि दिने गरेको छ । पछिल्लो समयमा अटो तातोपानी , तिला , हिमा, चन्दननाथ नगरपालिका पातारासी र गुठीचौर गाउँमा चलिरहेको देखिन्छ । अटो ब्यवस्थापनको लागी सिपारिस सदने स्थानीय आवश्यक र यहा सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।