कर्णालीको ज्युँदो इतिहास बोकेको शिक्षालय बजेट अभावले थलियो


जुम्ला ः यति वेला स्थानीय ,प्रदेश र संघिय सरकार गरी तिन वटा सरकार छन । तर पनि जम्लामा अवस्थित कर्णाली प्राविधिक शिक्षालयका भौतिक संरचना जिर्ण बनेको प्रति ध्यानाकर्षक हुन सकेको छैन । यहा भिन्न जिल्लाबाट ध्यायापनका लागी बिद्यार्थी आउने गरेका छन । स्थानीय र प्रदेश सरकारको क्षेत्रअधिकार क्षेत्रभित्र नपर्ने भन्दै पन्छिन्छन् गरेका छन । २०३७ सालमा स्थापना भएको मुलुककै जेठो शिक्षालयका रूपमा स्थापिते शिक्षालय अहिले तीनै तहको प्राथमिकतामा परेको छैन । सरकारको दृष्टि पुग्न सकेको छैन । रकम अभावका कारण बनेका संरचना जीर्ण बनिसकेका छन् । उचित घेराबार र शिक्षालयभित्रको व्यवस्थापकीय पक्ष निकै कमजोर बन्दै गइरहेको छ ।


त्यस्तै कुनै बेला ढुंगाको सिलोट छापिएका यहाँका भवनमा अहिले जस्तापाताको प्रयोग गरिएको छ । कर्णाली प्राविधिक शिक्षालय शिक्षा आर्जन गर्ने थलो मात्र होइन । जुम्लाको शैक्षिक पर्यटन गन्तब्य पनि हो  । अहिले पनि हरेक आन्तरिक पर्यटकको रोजाइ बन्छ । शिक्षालय प्रमुख टेकेन्द्र थापा प्रयाप्त बजेट व्यवस्थापन गर्न सकेकोले कर्णालीको प्राविधिक शिक्षालय जिर्ण अवस्थामा छ । उनले भने,’ जिल्लामा आउने सबै सांसद देखी कर्णार्लीका मुख्य मन्त्री सम्मालाई यहाको समस्या राखिएको छ । सुनुवाइ भएन । न त स्थानीय बासिन्दाको चासो नै छ,’ उनले भने, ‘शिक्षालय प्रशासनले मात्र रोइकराइ गरेर केही हुनेवाला छैन । प्रमुख थापाले भने, ‘कर्णालीकै प्राविधिक जनशक्ति उत्पादन गर्ने आधारशिलाको रूपमा रहेको शिक्षालय नै बजेट अभावले रन्थनिएको छ । भौतिक संरचना निकै जीर्ण छन । कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ । जेनतेन ब्यवस्थापन गरेको छु ।

त्यस्तै यो कर्णालीको ज्युँदो इतिहास बोकेको शैक्षिक संस्थाको उन्नति र प्रगतिमा जोड दिनका लागी कसैको चासो नभएको सुचना तथा प्रविधि अबिसर सागर रावतले बताए । उनले भने, ‘उनले भने, ‘अहिले यहाँ उत्पादित जनशक्तिले देशभर छरिएर सेवा दिइरहेका छन । गुणस्तरीय सेवा दिइरहेको उदाहरण समेत छन । अहिले यहक बिद्यार्थीको आइडी काट मार्फत डिजिटल हाजिर हुने गरेको छ । बिद्यार्थीले परीक्षामा ल्याएको नतिजा पनि त्यही आइकाट स्कान गरेर हेर्न पाउने ब्यवस्था गरिएको छ ।

भवन भत्तिकिने सम्भावना
नेपालको पहिलो कर्णाली प्राविधिक शिक्षालय निकै जीर्ण बनेको छ । यहाँका भौतिक संरचना भत्कने अवस्थामा पुगेका छन बजेट अभावले शिक्षालयमा रहेका जिर्ण भनवको ममृत हुन सकेको छैन । ६ वटा पुराना भवनको मर्मत गरिएको छ । शिक्षलयका प्रमुख थापाका अनुसार हाल शिक्षालयका ५८ ओटा भवन छन्। ती भवनका छत, भित्ता, शौचालयदेखि अन्य भौतिक संरचना पनि निर्माण गर्नुपर्ने भए पनि बजेट अभावले समस्या भएको छ ।
प्रमुख थापाले भने , जिर्ण भवन शिक्षालयका बिद्यार्थी बस्ने भनव हरु हुन । कुनै भत्तकीएको खण्डमा दुई सय ५० जना बिद्यार्थीको जिवन जान सक्छ । उनले पीडा ब्यक्त गर्दै भने, राज्यले संरचना बनाउन ध्यायन दिदैन । तर दुर्घटना भएको खण्डमा हेलिकप्टर लियर उद्धार गर्न आउने प्रविधि रहेको छ । भौतिक संरचना पुरानो भएकाले भूकम्प वा अन्य कुनै प्राकृतिक विपत्ति आएको खण्डमा भत्किन सक्ने छ।
कर्णाली प्राविधिक शिक्षालय जुम्ला चन्दननाथ नगरपालिकाको उत्तर भेगमाको घुघुत्ती भन्ने ठाउँमा अवस्थित छ। ६ सय ५२ रोपनी क्षेत्रफलभित्र रहेको शिक्षालय निकै उदेकलाग्दो बनेको छ। त्यहाका कर्णाली प्राविधिक शिक्षालयमा ६ सय ७२ विद्यार्थी अध्ययनरत छन ।

४३ बर्ष पुराना संरचना
४३ बर्ष पहिले बनेका भौतिक संरचना पुर्न निर्माण त के मर्मत समेत हुन सकेका छैनन । छाना चुहिन्छन । चुहिने छानामा विद्यार्थी शिक्षक बस्न, पढ्न विवश छन । नाला निकै फोहोर छन । प्राविधिक शिक्षालय जस्तो गरिमामय महत्व बोकेको कर्णाली प्राविधिक शिक्षालय निकै छाडा र उजाड बनेको छन ।शिक्षालयको मुहार र स्वरुप पुरानै प्रकृतिको छ । हरेक क्षेत्रको मुहार कोर्ने प्राविधिक जन्माउने यो थलो अहिले उजाड हुन पुगेको छ । भवनमा लगाएका चुना पुरानो भएको छ ।भवन भत्किएका छन । घेरवार नहुँदा शिक्षालय असुरक्षित छ । तर सरोकारवाला निकाया रमिते बनेर टुलुटुलु हेरिराखेको छ । यो जस्तो लाजमर्दो बिषय अरु हुन सक्दैन । प्राविधिक शिक्षालयको संरचना पुरानै ढर्राको छ ।


प्राविधिक शिक्षालय संग सरोकार राख्ने निकाय, अभिभावक, स्थानीय र स्थानीय सरकार सबै संग बसेर शिक्षालयको अवस्थामा सुधार ल्याउने प्रयास गर्दै आएको प्रमुख थापाको भनाइछ । हरेक बर्ष गरिने क्रियाकलापको टिपोट हुनेछ । बास्तविक प्राविधिक शिक्षालय जुम्लामै छ । हरेक हिसावले यो प्राविधिक शिक्षालय अघि नै छ भन्ने सन्देश छर्न तयार रहेको उनी बताँउँछन । अहिले यहाँ उत्पादित जनशक्ति देशै भरी छरिएर काम गरिरहेको छ । तर प्राविधिक उत्पादन गर्ने उद्योगको रुपमा रहेको प्राविधिक शिक्षालय दिनप्रतिदिन जीर्ण बन्दै गइराखेको छ ।


संघीय व्यवस्थामा तीन तहको सरकार छ । तीनै तहको सरकार प्राविधिक शिक्षालयको समृद्धि र विकासका लागि जिम्मेवार नभएको जुम्लाबासी बताउँछन । बजेट अभावका कारण छटपटीरहेको शिक्षालयलाई पुर्नजीवन दिनको लागि हरेक सरोकारवालाको महत्वपुर्ण भुमिका हुने भन्दै यो शिक्षालयको अवस्था सुधारका लागि सबैको साथ चाहिएको स्थानीय बताउँछन ।

 

सम्बन्धित समाचार