स्याउमा झुसिलकिराको समस्या : जिल्लाभर फैलने डर

जुम्ला ःजुम्लाको तातोपानी गाउँपालिका १ तराफीको स्याउमा झुशिल किराको समस्या देखिएको छ । तातोपानी गाउँपालिका १ तराफीमा भएका १ सय ५० वटा स्याउ वगैचमा झुशिल किरा लागेर स्याउको फल सखाप हुन थालेको हो । स्याउको फल र फुल खान थालेपछि सो प्रकोप व्यवस्थापन गर्न जिल्लाको प्राविधिक टोली त्यस क्षेत्रमा लाग्ने भएको छ ।

त्यस्तै तातोपानी गाउँपालिका र जिल्ला कृषि विकास समितिको पहलमा किराको प्रकोप व्यवस्थापन गर्नका लागी जिल्ला स्तरीय वैठक बसेको छ । त्यो बैठकले तत्काल प्राविधिक टोली खटाउनुका साथै आवश्यक सहयोगका लागि प्रदेश र संघीय सरकारलाई माग गर्ने निणर्य गरिएको छ । त्यो ठाउमा एक महिना अघि देखी किरा लागेको थियो ।गाउँपालिकाको कृषि शाखाको टोली त्यहाँ पुगेर अनुगमन समेत गरेको छ ।सो क्षेत्रमा गएर फर्किएको टोली आवश्यक स्रोत साधन तथा विज्ञ टोलीको आवश्यकता रहेको बताएको छ । टोलीले झुशिल किरा अत्याधिक लागेकाले हटाउन ठूलै अभियान थालिनुपर्ने बताएको छ ।

त्यस्तै स्याउको फलमा किराले जाली लगाएर सखाप पार्न थालेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताए । उनले भने,स्याउको हाँगामा जाली वनाएर फल खान थालेको छ ।

त्यस्तै तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले अनुसार किरा निराकरण नगरे तातोपानी गाउँपालिका वडा नम्बर १ का चार सय घरधुरीका किसानहरुको क्षेति पुग्ने भएको छ । त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले स्याउमा लागेको किरानिन्त्रण गर्नका लागी सम्बन्धीत बिज्ञ आबश्यक हुने बताए ।
प्राविधिक टोली परिचालन गरिने

झुशिल किरा व्यापक रुपमा लागे पछि जिल्लाभर फैलिने डर भएकाले यसको रोकथाम गर्न जिल्लामा वैठक बसेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेको अध्यक्षतामा बसेको वैठकले तत्काल जिल्ला स्तरको प्राविधिक टोली खटाईने भएको छ ।
जिल्ला कृषि विकास कार्यालयको संयोजकत्वमा प्रधानमन्त्री कृषि आधुनिकिकरण सुपरजोन कार्यालय, कृषि अनुसन्धान केन्द्र, वागवानी अनुसन्धान केन्द्र, तातोपानी गाउँपालिका कृषि शाखा,वडाध्यक्ष र पत्रकार महासंघको प्रतिनिधि सहितको टोली त्यहाँ तिर पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले जानकारी दिनुभयो । यसैगरी सो किरा व्यापक रुपमा फैलिएको हुदा केन्द्र सरकार तथा प्रदेश सरकारलाई विज्ञटोली सहित पठाईदिन अनुरोध समेत गरिएको छ ।

सम्बन्धित समाचार