जुम्ला : सिंजा गाउँपालिका १ अन्तरगत ४७७ घरधुरीका ८ सय ६५ जना वालवालिका विद्यालय पहुँमा रहेका रहेका छन् । सिजा एकमा रहेको मालिका मावि धापामा आयोजना ४ देखी १६ बर्षका सवै वालवालिकाहरुको विद्यालयमा पहुँच पुगेको घोषणा गरिएको हो । सिंजा गाउँपालिकाको आयोजना तथा विभिन्न साझेदार निकायको सहयोगमा वडापालिकाका सवै वालवालिका विद्यालय वाहिर नरहेको बताइएको छ ।
त्यस्तै गाउँपालिका महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही, कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्य, सिंजा गाउँपालिकाका उपाध्यक्ष सितली रोकाया, प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिर, प्लान इन्टरनेसनल नेपालका देशीय निर्देशक रामकिसन सहितका अतिथि, वडापालिकाका सवै विद्यालय, स्थानीय र सरोकारवाला निकायको उपस्थितिमा सिंजा गाउँपालिकाको वडानम्बर १ लाई शतप्रतिशत वालवालिका विद्यालय जाने घोषणा गरेका छ । मालिका मा.वि धापामा ७४८ जना वालवालिका, देउराली आ.वि डिग्रामा ७० वालवालिका, कुलदेव आ.वि प्याकुरेवाडामा ४७ जना विद्यार्थी रहेका छन् ।
विद्यालयको पहुचमा शतप्रतिशत वालवालिका घोषणा कार्यक्रममा गाउँपालिका महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले वालवालिकालाई विद्यालयमा झिकाउने, सिकाउने, टिकाउने र विकाउने सिद्धान्त रहेको बताए । उनले भने,’ जुम्लाले कर्मचारीतन्त्रमा ठूलो फड्को मारेको बताए । उनले शिक्षाको आधार वलियो वनाउन आवश्यक रहेको छ ।
त्यस्तै कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले सिंजा क्षेत्रका सवालमा तिनै वटा तह एक स्थानमा भएर उभिनुपर्नेमा बताए । त्यस्तै सिंजा गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले सिंजाले १ नम्बर वडाबाट सवै वालवालिका विद्यालयमा रहेको घोषणा गरेकाले यसको निरन्तरता गाउँपालिकाभरीको प्रयास गरिनुपर्नेमा बताइन ।उनले भनिन,’ प्लान नेपालका एशिया क्षेत्रका निर्देशक रामकिशनले प्लानले शिक्षा क्षेत्रमा अझै वालवालिका क्षेत्रमा प्रथामिकतामा दिदै आएकोमा बताइन ।प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले शिक्षालाई प्रथामिकता दिएमा हाम्रो जीवनको महत्व त्यसैमा हुने बताए । त्यस्तै सिंजा गाउँपालिकाका प्रवक्ता तथा सामाजिक शाखा प्रमुख तिर्थवडले सरकारको सवैका लागि शिक्षा निति अनुसार सिंजा गाउँपालिकाले यो अभियान शुरु गरेको बताए । उनले शिक्षा क्षेत्रमा पालिकाको पनि प्रथामिकता रहेको बताए ।
त्यस्तै मालिका मावि धापाका प्रधानाध्यापक परेक खत्रीले सवै वालवालिका विद्यालयमा भएको ऐतिहासिक दिन रहेको बताए । उनले बिद्यालयमा बिद्यार्थी पठायर मात्रै हुदैन अभिभावक पनि सक्रिय हुनु पर्ने बताए । उनले यो अभियान सफल पार्ने सवै निकायलाई ध्रन्यवाद ज्ञापन गरेका छन ।
त्यस्तै संजा गाउँपालिका १ का अध्यक्ष हरिनन्द आचार्यको बालवालिका बिद्यालयमा भर्ना गर्ने अभियान सबैको साझा भएको बताए । उनले भने अब भर्ना गरि सकेपछि कसरी गुणस्तरी शिक्षा दिने भन्ने बिषयमा वडा कार्यलयले पनि आबश्यक सहयोग गर्ने बताए ।
त्यस्तै घोषणासभामा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, स्थानीय राजनैतिकदल, शिक्षाप्रेमी शुभकामना सहित वडा नम्बर एकमा सवैवालवालिका पहुँच पुगेको प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए । घोषणा कार्यक्रममा वालवालिका स्थानीय आमा समुहले स्थानीय देउडा तथा नाच प्रर्दशन समेत गरेका थिए ।