अस्कल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका जैशी निर्वाचित

काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) को स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका प्रेम जैशी निर्वाचित भएका छन् । नेविसंघ र नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठनको समर्थनमा जैशी निर्वाचित भएका हुन् ।

आज भएको निर्वाचनमा उनले अनेरास्ववियुका कमल जोशीलाई ९ मतले पराजित गरेका हुन् । १ हजार ८२६ मतदाता विद्यार्थी रहेकामा १ हजार ३७४ जनाले मतदान गरेका थिए ।

अनेरास्ववियुको गड मानिएको अस्कलमा पहिलो पटक क्रान्तिकारीले जितेको हो । २०६५ सालमा भएको निर्वाचनमा अनेरास्ववियुले जितेको थियो ।

सम्बन्धित समाचार