जग्गादान दिएको पाँच भइसक्यो अस्पताल किन बनेन : शहिद परिवार बिष्णुदेवी रोकाया


जुम्ला ः तातोपानी गाउँपालिका–६ जुम्ला हियाँखोला निवासी ६० वर्षीय विष्णुदेवी रोकायाका छोरा छक्क रोकाया नेकपा माओवादीले चलाएको तत्कालीन सशस्त्र विद्रोहका क्रममा भूमिगत थिए । त्यतिवेलाको समयमा बम विस्फोट भएर उनको मृत्यु भएको थियो । उनका अरु छोरा छोरी नभए पछि ३८ लाख ८२ हजार ६०० बराबरको जग्गादान गाउँ सरकारलाई दिइएकी छन । ६० वर्षीय विष्णुदेवी रोकायालाई छिटै अस्पताल बनेको हेर्ने धोको छ’। उनलाई आफ्नो आँखाले अस्पताल निर्माण भएर जनताले उपचार पाएको हेर्ने रहर भएको हो । बिष्णु देवी एकल महिला र शहिद परिवार दुबै हुन ।
अस्पतालको सुविधा नभएकै कारण २०५३÷५४ तिर दुःख गरेर हुर्काइसकेका एक छोरा एक छोरी बिरामी हुँदा राम्रो उपचार नपाएरै बितेको बताउछिन ।उनीहरुको मृत्युले पारेको पीडा नसकिँदै २०५८ सालमा १८ वर्षको छोरा छक्क रोकायको पनि मृत्यु भयो । रोकायाले श्रीमान् नरबहादुर र छोरा छक्क रोकायको सम्झनामा गाउँ सरकारलाई पाँच सैयाँको अस्पताल निमार्णका लागी जग्गादान गरेकी छन ।उनले भनिन,’जग्गादान गरेको पाँच वर्ष भइ सक्यो । उनले भन्न्,ि ’अहिले सम्म त अस्पताल निर्माण भइसक्थ्यो छैन ।

छोराले म्पूर्ण जग्गा पार्टीकै नाममा गर्नु आमा भनेको थियो
तातोपानी ६की बिष्णु देवी रोकायाका छोरा छक्क रोकाया गरिब, दुःखीहरुको मुक्तिका लागि युद्ध लड् गएका थिए । उनले भनिन,’ छोराले आफ्नो बलिदानपछि सम्पूर्ण जग्गा पार्टीकै नाममा गर्नु आमा भनेकाले विशेष गरी उसकै योगदानको स्मरणमा नेकपा माओवादी पार्टीका नाममा जग्गादान खोजेको थिए । तर पछि पार्टी भन्दा पनि सबैले त्यसको लाभ लिन सकून् भनेर सोही वडाको ३८ लाख ८२ हजार ६०० बराबरको जग्गादान गाउँ सरकारलाई दिइएकी हु । उनका छारा छक्क रोकाया नेकपा माओवादीले चलाएको तत्कालीन सशस्त्र विद्रोहका क्रममा भूमिगत थिए । त्यतिवेलाको समयमा बम विस्फोट भएर छक्कको मृत्यु भएको थियो । छोराको पीडा नसकिँदै २०६६ सालमा श्रीमान् नरबहादुर रोकायको मृत्यु भएको बताउछिन ।

आफ्नो पीडाभन्दा समाजले भोग्नुपरेको समस्याबारे चिन्ता बढी
एकमाथि अर्को पीडा सहेर एकल जीवन जिइरहेकी रोकायालाई आफ्नो पीडाभन्दा ज्यादा समाजले भोग्नुपरेको समस्याबारे पनि चिन्ता बढी छ । “सानो छँदै छोराछोरी मरे । ती मरेका लालाबालाबाट लागेको पीडाको घाउ नमेटिँदै ठूलो छोरा बित्यो,” गहभरिको पीडा ओकल्दै उनले भनिन्, “पछि आएर आफ्नो जीवनसँगीले नै छोडेर गए । १३ वर्षदेखि एक्लो जीवन छ ।


एक्लो भएर होला, समाजले पनि निकै अपमान खेपिरहेकी छु । आखिर चित्त बुझाएर बस्दा पनि समाजले सुख दिएन ।”अपमान सहेर एक्लै बस्दा कोही छिमेकीको सहयोग पाउन नसकेको बरु आफूमाथि कुटपिट भएको उनले पीडा छ । “पीडाकै बीचमा मेरा छोराछोरी छैनन् अब त्यो जग्गा के गर्दा ठीक होला भनेर मनमा कुरा खेलाएको थियो । उनले भनिन्, “ लामो सोच गरेर जन्ता पनि मेरा छोराछोरी जस्तै हुन् । उनीहरुको उपचार गर्ने अस्पतालका लागि यो जग्गा दिनुपर्छ । बिष्णु देवी रोकायालाई अस्पताल निमार्ण मेरो मृत्यु पछि हुन्छ की भन्ने चिन्ताछ । उनलाई म आफैले अस्पताल बनेको हेर्ने मन छ । रोकाया छिटो निमार्ण गरी दिन अनुरोध गर्दै उनी नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज नरेश भण्डारी केन्दीय सदस्य गोमा गौत्तम कुँवर लगायतक नेतासंग पुगेकी थिइन ।

साढे दश करोडको टेण्डर आह्रान
त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले साढे दश कारोडको टेण्डार आह्रान भएको बताए । उनले भने आफै साहराविहीन र पीडामा परेको महिलाले अरूको पीडा बुझ्ने कुरा चानचुने होइन । अस्पताल निमार्णको लागी टेण्डार आह्रानको काम अगाडी बढेको छ ।अध्यक्ष चौलागाइले भने ,’गागाउँपालिकाले उनको योगदानलाई उचित कदर गर्नेछ । जग्गामाथि अब सुविधा सम्पन्न अस्पताल निर्माण गरिने र रोकाय दम्पती र छोरा छक्कसहितको इतिहास रहने गरी योगदानको कदर गरिने छ । रोकायले भनिन् भोलिका दिनमा मेरा छोराछोरी जस्तो उपचार नपाएर कोही कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर आउँदो पुस्ताको स्वस्थ र सुरक्षित जीवनमा सहयोग पुगोस् भनेर भूमिदान गरेकी हु ।

सम्बन्धित समाचार