जुम्ला : स्वच्छिक अवकास लिएर माओवादीबाट बाहिरीएका जुम्ला जिल्लाका पुर्व जनमुत्ती सेनाहरुको सहयोद्धा संग भेटघाट भएको छ । शान्ति प्रक्रियाको एक दशक बितिसकेपछि पुनः १० बर्षे जनयुद्धका सहयोद्धाहरुको भेटघाट बिहिबार भएको हो । नेकपा माओबादी केन्द्र जुम्लाले थालेको समृद्ध जुम्लाका लागी सुदृढ र बिस्तारित माओबादी अन्तरगत्तको दुइ महिना अभियानमा पुर्व जनमुक्ति सेना नेपालको जिल्ला स्तरको प्रथम भेला गरिएको हो ।
त्यस्तै नेकपा माओवादी केन्द्र केन्दीय सदस्या तथा जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारीले जुम्लाका पुर्व जनमुक्ति सेनाको पहिलो भेला भएको बताए । भेलाका प्रमुख अतिथि समेत रहेका उनले ‘अरु हिसावले भेटघाट भएपनि पुर्व जनमुक्ति सेनाको व्यानेरमा पहिलो पटक भेटघाट भएको बताए । यसलाई अपठ्यारो पर्दाको बखतको भेटका रुपमा भने नलिऔं’ उनले भने ‘स्वैच्छिक अवकास लिएका, बर्हिगमित जनमुक्ति सेनाले पाटी र माओबादीले ल्याएको ब्यवस्थाको संरक्षणको जिम्म रहेको बताए । उनले भने , जनयुद्धले ल्याएको ब्यवस्थामा राजतन्त्रका केही प्रेतआत्माले धावा बोलिएको स्मारण गराउदै सोही अनुसार जुम्लाका पुर्व जनमुक्ती सेना भेला भएको हो ।उनले भने,’ विगतमा हामी जुन उद्देश्यका साथ संघर्षमा होमियौ ।
तर, हामीले सोचेजस्तो सहज जित हासिल गर्न नसकेपनि हामीले प्रतिक्रिया बादी राज्य शत्तालाई परास्त गर्न भने सफल भयौ ।’उनले जनयुद्धको योजना अनुसार सफलता हासिल सकेको भए अहिलेको अवस्था नआउने बताए । उनले विस्तृत शान्ति सम्झौता अनुसार अगाडी बढेकाले सोही अनुसार आजको दिनमा पनि अगाडी बढ्न प्रतिवद्ध रहेको बताए ।इन्चार्ज भण्डारीले थपे अब माओवादी पार्टीलाई पुनः पहिलेकै अवस्थामा पुगाउन जनमुक्ती सेनाको ठूलो भूमिका हुन्छ । अब जनमुक्ति सेनालाई संगठित गरेर अगाडी बढ्न आवश्यक रहेको छ’ उनले भने ‘अब कांग्रेस एमालेको पछि लाग्नुभन्दा माओवादी नै एकल चुनाव लड्ने दम राख्छ । यसका लागि बसै पुर्व जनमुक्ति सेना एक हुन आवश्यक छ।
त्यस्तै माओवादीकेन्द्रका पाटी केन्दीय सदस्य नगेन्द्र न्यौपाले भने शान्ति प्रक्रिया पछि स्वच्छिक अवकास लिएका पुर्व सेना संग पुनः भेट होला की नहोला भन्ने कैतुहलता थियो । युद्धबाट घर फर्किदै गर्दा आँखाबाट आसु पनि झरेको थियो । उनले भने ‘आज संयोगले पुराना सबै कमाण्डरसंग भेट भएको छ ।उनले थपे,’ अब माओबादी पाटी छोडेर गएका पनि सबै एक ठाउँमा आउनु पर्छ । त्यसैले आज म आसु झारेर छुट्टिएको दिन स्मरण गर्दै सुखिको दिनका रुपमा लिएको छु । माओवादीले गरेको जनयुद्धले सबैका हातहातमा संञ्चार छ । सबैले स्वतन्त्रता प्रप्त गरेका छन । उनले भने,’ हामीले ल्याएको ब्यवस्था जनताको पक्षमा छ ।
पुर्व जनमुक्ति सेना जिल्ला समिति र पुर्व जनमुक्ति सेना प्रतिष्ठान गठन
पुर्व जनमुक्ति सेना, नेपालको प्रथम जुम्ला जिल्ला भेलाले जनक परियार(विन्दमान) को नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति र प्रेमराज गिरी(प्रज्वल) को नेतृत्वमा १७ सदस्यीय पुर्व जनमुक्ति सेना प्रतिष्ठान चयन गरेको छ । यसले पुर्व जनमुक्ति सेनाको हक अधिकार पाटी संरक्षणका लागी काम गर्ने भएको छ ।
त्यस्तै पुर्व जनमुक्ती सेना नेपालले स्थायी शान्ति र विकास समृद्धिको लक्ष्य पुरा गर्ने राष्ट्रिय अभियान भन्दा बाहिर गएर शान्ति प्रक्रिया देश र जनताको भावना विपरित कदम चालिए जनमुक्ति सेना नेपाल जुनसुकै संघर्षका कदम चाल्न सक्ने जनाएको छ ।
विस्तृत शान्ति सम्झौता, अन्तरिम संबिधान, संक्रमणकालिन न्यायको सिद्धान्त विरुद्ध हाम्रो पार्टीको कमाण्डर प्रचण्ड लगायतका नेता, कार्यकर्ता र शुभचिन्तकहरुमाथि युद्धकालिन झुट्टा मुद्दाहरुलाई सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत युद्धकालिन मुद्दाहरुको यथासिघ्र सामाधान गरिनु पर्ने जस्मा जुम्लाका पुर्व जनमुत्ति सेनाका माग छन । भेलामा जुम्ला करिब २ सय जना पुर्व जनमुक्ती सेनाको सहभागिता रहेको थियो ।