पहिला प्रश्न गर्ने रवि अहिले जवाफ दिंदै

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार कालिकामा भएको चुनावी सभामा सांसदहरू सोबिता गौतम, विराजभक्त श्रेष्ठ र महामन्त्री मुकुल ढकालले सम्बोधन गरे । उनीहरूले आफ्नो सभापति रवि लामिछानेको तारिफ गर्दै भोट मागे । नेपाली कांग्रेस र नेकपा एमालेको आलोचना गरे ।

अन्तिम वक्ताका रूपमा पार्टी सभापति एवं चितवन–२ का उम्मेदवार रवि लामिछानेले आधा घण्टाभन्दा लामो सम्बोधन गरे । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको विषयमा स्पष्टीकरण दिए । अरू दलको आलोचना गर्दै उनले भने, ‘आफू कालो भएर, दागैदागले भरिएर थप्ने ठाउँ नभएर हिंडेकाले हामीलाई प्रश्न उठाउँछन् । सेतो कपडामा सानो टिको देख्ने वित्तिकै ऊ हेर भनेर देखाउँछन् र यिनीहरू पनि फटाहा हुन् भनिरहेका छन् ।’

सम्बन्धित समाचार