जुम्ला ःकर्णाली राजमार्ग अन्तरगत कालिकोटको तिलागुफा नगरपालिका ४राँचुली गाउँमा गत असोज महिनाको २३ गते आएको बाढि पहिरोले १३ जना मलामी वगाएर वेपत्ता बनाएको घटनाले अहिले पनि आलैछ । यो गाउअहिलेपनि सो गाउँ शोक मन्न छ ।बाढिपछि विपतका भग्नावशेका केही बस्तिहरु राजमार्गको छेउछाउमा अहिले पनि छन् ।
गत असोज महिनाको २३ गते आएको बाढि पहिरोले कर्णाली राजमार्गमा पर्ने राँचुली गाउँका १३ जना मलामी वगाएर वेपत्ता बनाएको घटनाले अहिले पनि सो गाउँ शोक मन्न छ । उजाड र सुख्खा खोला छ । खोलाको पूर्वतिर सड्क माथीपट्टी मलामी गएर वेपत्ता भएका २३ बर्षिय नरेश शाहीको घर छ, एक मात्रै छोरा मलामी जादा वेपत्ता भएपछि आमा पारु शाहीका आँखा अहिले पनि ओवाएका छैनन् । उनले भनिन, छोराले बुहारी ल्याएको थियो । बिवाह गर्न नपाउदै बाढीले बगायो । बुहारीको पेटमा भर्ग रहछि अहिले छोरा जनमीएको छ ।
पिडितहरुको अवस्था के रहेछ ? भन्ने बिषयमा यो नेपाल पत्रकार महासंघ शाखा जुम्लाको टोलीले भेटघाट गरेर फर्किएको छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीको नेतृत्वको पत्रकारहरुको टोलीले पिडितको हालको अवस्था तथा राहातको बिषयमा जानकरी लिएको हो ।मलामी गएका छोरा नरेश बाढिले वगाएर वेपत्ता भएपछि आमा पारु शाहीले घरै छोडेर लामो समय काठमाण्डौ गएको बताइन । अहिले फेरी गाउँमा फर्किएकी छन ।
त्यस्तै भेटघाटको क्रममा स्थानीय रजबहादुर शाहीले बास्तबिक पीडितले राहत नपाएको बताए । उनले भने ४ वटा घर बगेका थिए । अरुका गाउमा घरछनएक जनाको परिवार सबै घरवारबिहित भएको छ । माथी खोलाबाट आएको बाढिले एकमिनेट ५९ सेकेण्डमा दाहासंस्कार भईरहेको स्थानमा भेटायो र १३ जनालाई एकै पटक वगाएर लिएको बताए । सो घटनामा तिला गुफा गाउँपालिका ४ का वडाध्यक्ष परवहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रजंग शाही सहित १३ जना वेपत्ता भएका थिए । स्थानीय रजबहादुर शाहीका अनुसार त्यहा बगेका मध्य एक जना धन बहादुर शाहीको मात्रै शब भेटिएको थियो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार मलामी गएका मध्य बर्ष (४७) का भिमबहादुर शाही, बर्ष (३०) का खगेन्द्र शाही, बर्ष (२१) का भेषबहादुर शाही, बर्ष (२१) का प्रशान्त शाही, बर्ष २३ का नरेश शाही, बर्ष १८ का खिमबहादुर शाही, वर्ष ६४ का धनबहादुर शाही, बर्ष ४१ का मोतिलाल शाही, बर्ष ५८ का मानबहादुर शाही, बर्ष ३१ का छत्रजंग शाही, बर्ष ७५ का अलिबहादुर शाही, बर्ष ५८ का परबहादुर शाही र बर्ष ५६ का धनबहादुर शाही वेपता भएका मध्य बर्ष ५६ का धनबहादुर शाहीको शव भेटिएको थियो । जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीका अनुसार उनिहरु मध्य ५ जनाले राहात पाई सकेका छन् । अन्यको अदालतबाट मृत्यूको न्यायीक घोषणा भईसकेको खबर प्राप्त भएको छ, मृत्यूदर्ता भएमा राहात अगाडि बढाईनेछ ।स्थानीयले भने जिल्ला प्रशासनले दिने राहात मात्रै नभई विपतमा वेपत्ता भएका मानिसका वालवच्चा समेत भएकाले शिक्षा दिक्षा र परिवारलाई आय आर्जनको सहयोग गरिदिएमा जीवन यापन राम्रो हुने स्थानीयको भनाई छ ।
त्यस्तै स्थानीय तिला गुफा नगरपालिका ९ निवासी तथा पूर्वसांसद नवराज कोईरालाले सरकारले यति धेरे संवेदनशिल घटनालाई विशेष तरिकाले हेनुपर्नेमा बताए । उनले भने ,’मृर्तक मात्रे भइन तेतिवेला यहाक सबैको होस उडाइ दिएको छ । उनलका अनुसार बाढीले यहाको समुदायको समेत उजाड राँचुलीलाई राहातका कार्यक्रम ल्याउने अनुभूति सहितका कार्यक्रम तिनै सरकारले ल्याउनुपर्ने बताए ।
त्यस्तै तिलागुुफा नगरपालिकाका नगर प्रमुख शंकर प्रसाद उपाध्यायका अनुसार विपतमा वेपत्ता भएका व्यक्तिको कागजात पुगेकाले प्रदेश सरकारले दिने रु २ लाखको दरले प्राप्त भएको बताए । उनका अनुसार वाँकी संवेदनशिल घटनाको बिषयमा नगरपालिका लागि रहको र आफ्नो योजना अनुसार उनिहरुका वालवालिकाको बिषयमा योजना बनाईने बताए । उनले सो घटनामा वडाध्यक्ष परबहादुर शाही वेपत्ता भएकाले कार्यवाहक अध्यक्ष हाल तिर्थबहादुर शाहीले समालेका छन् ।