जुम्ला : उच्च अदालत सुर्खेत जुम्ला इजलासले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्ने तयारीमा रहको बताएको छ । उच्च अदालत सुर्खेत जुम्ला इजलासले चालु आर्थिक वर्ष २०७९÷०८० को असार ३१ गतेसम्म लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्ने बताएको हो ।
उच्च अदालतले चालु आर्थिक वर्ष २०७९÷०८०को हाल सम्म ३७ .३९ प्रतिशत मुद्दा फछ्र्योटको गरेको हो । उच्च अदालत सुर्खेत जुम्ला इजलासले पत्रकार भेटघाट कार्यक्रममार्फत चालु आर्थिक वर्षको असार मसान्तसम्म लक्ष्य राखेको भन्दा मुद्दा फछ्र्योट गरेको बताएको छ ।
उच्च अदालत सुर्खेत जुम्ला इजलासका बरिषठत्तम न्यायाधीश श्रीमण कुमार गौतमले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्ने तयारी रहको बताए । उनले भने,’यसअघि ४ वर्ष देखीका मुद्दा पेन्डीङमा थिए । अबको उच्च अदालत सुर्खेत जुम्ला इजलासमा साढे एक वर्ष भन्दा बढी समयका कुनै पनि मुद्दा नभएको बताए । बरिषठत्तम न्यायाधीश गौतमले भने,’ न्यायिक सेवालाई प्रभावकारी बनाउन तथा आम नागरिकमाझ न्यायिक विषयमा स्पष्ट पार्नका लागी जिल्ला अदालत र उच्च अदालतको सहकार्यमा न्यायसम्पादनलाई छिटोछरितो बनाउने सवालमा निकै गम्भीर छौँ । उनका अनुसार न्यायसम्पादनलाई प्रभावकारी बनाउनकै लागी जुम्लाका पत्रकार र सरोकारवाला निकाय संग बिभिन्न समयमा अन्तक्र्रिया गरिदै आएका छौँ ।
त्यस्तै नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले संघियता पछि अबका दिनमा कानूनी परामर्श, बैठक तथा छलफलका कारण न्यायाधीश दुइ महिना जिल्ला बाहिर कागजमा जानुपर्ने परिपाटी अन्त्ये हुनु पर्ने बताए । उनका अनुसार पहिल जिल्ला जुम्ला , हुम्ला , लगायत हिमाली क्षेत्रका जिल्ला बाट कामकाज नहुने भन्दै न्यायाधीश जिल्ला बाहिर जाने चलिरहेको हो । उनले भने , अब जुम्लामा पनि बसेर काम गर्न सक्ने बतावरण भइसकेको छ ।
त्यस्तै उच्च अदालत सुर्खेत जुम्ला इजलासका निमित्त रजिष्टार राकेश मणि उपाध्यायले महिला , बन्दी ,अशक्त ब्यक्तिहरुका लागी निःशुल्क मुद्दा लेख्ने वैतनिक वकिल कानून व्यवसायी रहेको बताए । उनले भने,’अदालतमा आउने सेवाग्राहीको सुविधाका सधैब तयार रहेको बताए । अझै सरोकारवालाको साथ मागेर जुम्लामा न्यायिक सम्पादनकार्यलाई कर्णालीमै प्रभावकारी बनाउने उच्च अदालत सुर्खेत, जुम्ला इजालासको उद्देश्य रहको बताए ।
त्यस्तै उच्च अदालत सुर्खेत जुम्ला इजलासले सार्वजनिक गरेको प्रतिवेदनमा जर्वजस्ति करणी र जवरजस्ति करणी उद्योगका ३२, कतब्य ज्यानका २० वटा, लागु औषध सम्वन्धी १३ वटा, ज्यान मार्ने उद्योग ८ वटा, अपहरण ३ वटा, वालविवाह वहुविवाह ३ वटा, पुरातत्व चोरीको १ मुद्दा, हाडनाता करणी १, जवरजस्ति वालविावाह १, गर्भपतन र अपराधिक उर्पर्दक १ सहित ८६ मुद्दा फछर्यौट भएको पाइएको छ ।
त्यस्तै जुम्लाका क्रियाशिल पत्रकारहरुले वैतनिक वकिलको सेवा प्रभावकारी हुने, न्याय नपाएर कोही पीडित हुनुनपर्ने, न्यायमा भेदभाव नहुुने, निर्दोष नफस्ने र दोषी नछुट्नेजस्ता न्यायिक प्रावधानलाई विशेष प्रथामिकता दिन अनुरोध गरेका छन ।