जुम्ला ः नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारीले शहिदपरिवारका सपना पूरा पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा बताए । उनले जन्क्रन्तीका महान सहिद परिवार समाज नेपाल जुम्लाको प्रथम भेलामा यस्तोे बताएका हुन । उनले भने,चुनौतीपूर्ण परिस्थितिमा गठन भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न थालेको बताए । उनले सहिदका सपना पूरा गर्न सबै एक जुट हुन् जरुरी छ । उनले संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरुको त्याग र बलिदानबाटै जनताको समृद्धी सम्भव रहेको बताएका छन्।
भण्डारीले सोमबार जूम्लाका सहिद परिवारहरु पबचको भेलामा ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रको जुन रुपमा अभ्यास गरिरहेका छौं। यसको पछाडि महान शहीदहरुको त्याग र बलिदान नै प्रमुख रहेको बताए । उनले भने, ‘देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने सहिदहरु अमर हुन्, अजर हुन्छन्। उनीहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहेको बताए ।
माओबादी पाटी जुम्लाका इन्जचार्ज भण्डारीले भने,सहिदहरुले माओबादी पाटीलाई निरन्तर प्रेरणा दिइरहेको बताए । देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय सहिदको रुपमा घोषणा गरेको बताए । उनले थपे ,’यस अघि जनयुद्ध दिवस मनाउनका लागी अध्यारो कोठा र अग्लो रुखको छाहारी खोज्नु पथ्र्यो तर अब जनयुद्ध दिवस सबै नेपालीले मनाउने दिन आएको छ । त्यो सहिद परिवारले उपलब्धीका रुपमा लिनु पर्छ फागुन एक गतेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा जनयुद्ध दिवसको लागी सरकारी बिदा दिइएको छ ।
त्यस्तै नेकपा माओबादी केन्द्रकी केन्दीय सदस्य गोमा गौत्तम कुँवरले सहिदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा देशलाई समृद्ध र समुन्नत बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताइन । उनले भनिन्, ’तानाशाही र निरङ्कुश व्यवस्था विरूद्धी लाई निर्वाचनमा तिजेर पठायौँ । यो सहिदको बलिदान बिपरित काम भयो । अब सहिद परिवार जाग्नु पर्छ । उनले परिवर्तनका पक्षमा भएका सम्पूर्ण आन्दोलनमा आफ्नो जीवन अर्पण गर्ने महान् सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिन ।
त्यस्तै नेकपा माओबादी केन्द्रकी बैकल्पीक केन्द्रीय सदस्य लक्ष्मीकन्या बुढाले जनआन्दोलन तथा सङ्घर्षमार्फत नेपालले जे–जति उपलब्धि प्राप्त गरेको छ, ती महान् सहिदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव भएको बताइन । उनले सहिदहरूको बलिदानको उच्च सम्मानका साथ उनीहरूको सपनालाई साकार पार्ने कार्यमा हामी सबै आ–आफ्नो ठाउँबाट निरन्तर प्रयत्नशील रहेको बताइन । त्यस्तै सहिद परिवार र बलियो भएको खण्डमा माओबादीको जनमत बलियो बन्ने नेकपा माओबादी केन्द्रले बिश्वास ब्यक्त गरेको छ ।