ज्ञान हाँसिल गर्दैमा बौद्धिक मानिदैन : जिल्ला इन्चार्ज नरेश भण्डारी

नेकपा माओबादी केन्द्रका जुम्ला इन्चार्ज तथा कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्रि नरेश भण्डारीले दलाल पुंजीवादलाई परास्त गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न बुद्धिजिवीहरुले ध्यान केन्द्रित गर्नु पर्ने बताएका छन् । नेपाल बुद्धीजिबी संगठन जिल्ला समन्वय समितिले जुम्लाले शुक्रबार आयोजना गरेको जिल्ला भेलामा यस्तो बताएका हुन ।

नेपाल बुद्धिजिवी संगठन जुम्लाको भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रलाई मजबुत र बलियो बनाउन बुद्धिजिवीको अहम भुमिका रहने बताए । बुद्धिजिवीहरुको सहि सल्लाह तथा सुझावले पार्टी लाई उचाईमा पुर्याउने उनको भनाई छ ।
भेलामा माओवादी थप बलियो बनाई समृद्ध समाज निर्माणका लागि संगठनको आवश्यकता र जिम्मेवारी सम्बन्धी छलफल भएको छ ।उनले भने,”ज्ञान हाँसिल गर्दैमा कुनै ब्यक्ति बैद्धिक नहुने बताए। उनले शिक्षा हाँशिल गरेर प्रप्त गरेको डकुमेन्टले समाज रुपान्तारण गर्न सक्छ भन्ने कुरा भ्रम मात्रै भएको बताए । उनले थपे,”बैद्धक ब्यक्ति त्यो हो जो समाजलाई नयाँ दिशा तर्फ लैजानका लागी नतिजा मुखी काम गर्दै आएको छ ।माओबादी निकटको बुद्धिजिबी संगठनले बैचारिक रुपमै लड्न र जुम्लाको बिकास र समृद्धीको बहस गर्न जरुरी रहेको बताए ।उनले भने,’जुम्लाको बुद्धिजिबीको सिको गर्न अरुलाई किनुन भन्ने अपेक्षा गरेको बताए ।

त्यस्तै नेकपा माओबाद्री केन्दीय सदस्य तथा पुर्व राज्य मन्त्री गोमा गौत्तम (कुंवर )ले बुद्धिजिवीहरुले पाटी भित्रका गलत कुराको ध्यान केन्द्रित गरिदिनु पर्ने बताइन । उनले भनिन ,”नेपाल बुद्धिजिवी संगठन जुम्लाको भेलालाई सम्बोधन गर्दै आमोबादी भित्रै देखि सचिनु पर्ने बताइन ।

त्यस्तै नेपाल बुद्धिजिवी संगठन जिल्ला समन्वय समितिका जुम्ला अध्यक्ष हिकमत बुढ्थापाले पाटी बयिलो बनाउनका लागी चाहना अनुरुप बृद्धि विकासका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता जोहर गरेका छन ।

 

 

 

सम्बन्धित समाचार