जुम्लामा पत्रकार आचारसंहिता तथा जागरण कार्यक्रम


जुम्ला ः जुम्लामा प्रेस काउन्सिलले पत्रकार आचारसंहिता जागरण कार्यक्रम गरेको छ। पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्दै जुम्लामा शुक्रबार पत्रकार आचारसंहिता प्रति जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्यले प्रेस काउन्सिल र नेपालपत्रकार महासंघजुम्लाको आयोजनामा पत्रकार आचारसंहिता तथा जागरण कार्यक्रम गरेको हो ।
दुर्गमका जिल्लाका पत्रकार र सरोकारवाला निकायबीच अन्तक्र्रिया, गोष्ठी, प्रेस अनुगमन, आचार संहिताबारे पत्रकारको समस्या र आचारसंहिताको कार्यान्वयनको अवस्थाबारे अध्ययन गरिदै आएको काउन्सिलको प्रवत्ता दीपक खनालले बताए। उनले भने,’काउन्सिलले जुम्ला लगायत देशैभरि सञ्चालन गदिदै आएको बताए । उनले भने,” पछिल्लो समयमा काउन्सिलमा पत्रकार आचारसंहिता उल्लङ्घनका उजुरी बढ्दै गएको छ।
त्यस्तै काउन्सिलका बोड सदस्य दिपक पाण्डेले आचारसंहिताको पत्रकार र सञ्चारमाध्यमको कर्तव्यमा प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताए । उनले भन, सत्यतथ्य, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण गर्नुपर्ने पत्रकारको तैतिकता हो । काउन्सिलले पत्रकार आचारसंहिता उल्लङ्घनका विषयमा उजुरी सुन्ने, सोउपर अध्ययन अनुसनधान गरी आवश्यक कारबाही गर्ने, आचारसंहितासम्बन्धी जागरण अभियान सञ्चालन गर्दै आएको बताए । उनले सञ्चार माध्यम र पत्रकारले आचारसंहिता उल्लङ्घन गरेमा प्रेस पास निलम्बनको सिफारिस देखि, अनलाइन बन्द गरिने, लोकल्णकारी विज्ञापन राक्ने तथा कालोसूचीमा राख्नेसम्मको अभ्यास भएको बताए ।


त्यस्तै प्रेस काउन्सिलका पुर्व सदस्य मनऋषि धितालले सञ्चार माध्यमको अनुगमन, मूल्याङ्कन गरी मर्यादित तथा जिम्मेवार बनाउन प्रेस काउन्सिल नेपालको महत्वपूर्ण भूमिका रहेको बताए । उनले पत्रकारिताको पेसागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वर्द्धनका लागि प्रेस काउन्सिलको क्रियाशील रहनु पर्ने बताए । उनका अनुसार कर्णालीका जिल्लाबाट पत्रकारीता गरिने पत्रकारको हकहितका लागी बिषेश जोड दिनु पर्ने बताए ।


त्यस्तै नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले पत्रकार मिडिया धेरै हुनुको कारण, पत्रकार आचारसंहिता पालनाको अवस्था र प्रभाव लगायतका विषयमा चर्चा गरे । उनले पत्रकारिताको धर्म पालना गर्नसके मात्र आचारसंहिता उल्लङ्घनमा कमी आउने छ । उनले भने,”नेपालमा आचारसंहिताको इतिहास, पत्रकार र सञ्चार माध्यमको कर्तव्यबारे प्रस्तुति राखे ।पत्रकारको हकहितका लागी पत्रकारमहासंघको केन्द्रीय कार्यालयले ध्यानाकर्षण जस्ता कार्यक्रम गर्दै आएको बताए ।


त्यस्तै न्युक्तम निर्धारण समितिकी केन्द्रीय अध्यक्ष संगिता खड्काले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड दिइने बताईन ।उनले भनिन, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनको अवस्थाका सम्बन्धमा बिभिन्न छलफल तथा मागहरु पेस गरिदै आएको बताइन।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका प्रमुख धनराज शाहीले पत्रकारले नागरिक सझाँ मुद्दा उठाउनु पर्ने बताए । उनले भने,’ बिभिन्न संञ्चार मध्यममा कायरक्त पत्रकारले समयमा तलब सुविधा नपाएको जीकिर गरे ।


त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले आचारसंहिता पत्रकारका लागी मात्रै नभइ रहेको कर्मचारीमा लागु हुदै आएको बताए ।उनले आचारसंहिता र नैतिकता पत्रकारको मुल मन्त्र भएकाले कार्यान्वयन र व्यवहारगत अभ्यासमा जोड दिन आश्यक छ । उनले भने, कर्णालीको सम्भावना र स्रोतसाधनको बारेमा जुम्लाका पत्रकारले कमल चलाउन अनुरोध गरे ।

त्यस्तै नेपाल पत्रकार महासंघ जुम्लाका अध्ययक्ष नेत्र बहादुर शाहीले दुर्गमका पत्रकारहरू न्यूनतम तलब नपाएका कारण मात्रै पीडित होइनन्, त्यससँग जोडिएका अनेक सुविधाबाट समेत वञ्चित भएको बताए । उनले भने,’देशकै ‘ठूला’ सञ्चार प्रतिष्ठानहरूले समेत त्यहाँ कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीलाई न्यूनतम तलब सहितको नियुक्तिपत्र उपलब्ध गराउनु पर्ने बताए । पे्रस काउन्सिल र केन्द्रीय महासंघले बितरण गरिने बिभिन्न पूरुषकार दर्गम केन्द्रीत नभएको बताए ।

त्यस्तै मोफसलका सञ्चारमाध्यम र जिल्ला बाट बिभिन्न सञ्चारमाध्यममा काम गन पत्रकारलाई श्रजीवी ऐन अनुसार तलव दिइनु पर्ने सरकारी संञ्चारमध्यममा कार्यरत्त पत्रकारलाई ,अस्थायी प्रक्रिया पु–याई स्थायी गरिनु पर्ने जुम्लाका पत्रकारहरुले माग राखेका छन ।

सम्बन्धित समाचार