जुम्ला : लोप हुन लागेको आरण पेसा जोगाउनका लागी एक महिने तालिम दिइएको छ । गुठिचौर गाउँपालिका ४ का आठ जना आरन व्यवसायीलाई एक महिने तालिम दिइएको हो ।
त्यस्तै गुठीचौर गाउँपालिका ४ का आरन व्यवसायीहरुले नर बहादुर कामीले आरण पेशालाई उद्योमसिल्ता संग जोडनु पर्ने बताए । उनले भने,’यो एक महिने सिपमुलक तालिम पाएकोम खुसि लागेको छ ।
त्यस्तै गुठिचौर गाउँपालिका ४ का व्यवसायीहरुको परम्परागत आरण पेशालाई आधुनिकीकरण गर्नका लागी यस्तो तालिम दिइएको मेडपा कार्यक्रम फोकल व्यक्ति अम्मर राज गिरिले बताए ।उनले भने,’ स्थानीय व्यवसायीलाई संरक्षरण गरी उद्यमी बनाउने लक्ष्य रहेको छ ।
त्यस्तै गुठिचौर गाउँपालिकाको आयोजना र मेडपा आर्थिक सहयोगमा संचालन भएको तालिममा गुठिचौर गाउँपालिका वडा ४ का ८ जना आरन व्यवसायीको सहभागिता रहेको थियो ।आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रम अनुसार तालिम दिइएको हो ।आरण पेशा पुख्र्यौली पेशा भएकाले यसको दिगोपनका लागि तालिम प्रदान गर्न गरुरी रहेको । गुठिचौर गाउँपालिका ४ का सचीव गोपाल खत्रीले बताए ।उनले मेसिनको प्रयोगमा बनाउने सामाग्री हातले बनाउने तर्फ ध्याना कषिर्त हुनु राम्रो भएको बताएका छ्न ।
त्यस्तै आफुले सिकेको सिपलाइ ब्यवहारमा लागू गर्नुपर्नेमा रेडियो गुठिचौर एफएमका कार्यक्रम संयोजक राम प्रकाश् बिक बताए ।
त्यस्ता कार्यक्रम सिकायर वेरोजगारलाई रोजगारी बनाउनु पर्ने बताए । तालिमपछि आरन व्यवसायीहरुको पेसा मयार्दित हुने भएको छ ।आरण ब्यवसायीहरुले हसिया, खुकुरी, चुलेसी, कुटो, कोदालो लगायतका भाँडाकुडा लगायतका कृषिजन्य औजार र मन्दिरमा चढाइने पूजाका विविध सामग्रीहरु बनाउँदै आएका छन ।