जुम्ला ः माओबादी निकटको नपाल बुद्धिजिबी संगठन जिल्ला समन्वय समितिको संयोजकमा हिक्मत बुढथपा चयन भएका छन । नेपाल बुद्धिजीवी संगठन जिल्ला समन्वय समितिको जिल्ला भेलाले सयोजकमा बुढ्थापा र सह–संयोजकमा धर्मदत्त धिताललाई सर्वसहमत चयन गरेको हो । नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय अध्यक्ष, पुर्व कर्णाली प्रदेश मन्त्री तथा जुम्ला जिल्ला पार्टी ईन्चार्ज नरेश भण्डारीको प्रमुख अतिथि शुक्रबार भएको भेलाले ६१ सदस्यीय नेपाल बुद्धिजीवी संगठन जिल्ला समन्वय समिति, गठन गरिएको छ ।
त्यस्तै नेकपा माओबादी केन्द्रका जुम्ला इन्चार्ज तथा कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्रि नरेश भण्डारीले दलाल पुंजीवादलाई परास्त गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न बुद्धिजिवीहरुले ध्यान केन्द्रित गर्नु पर्ने बताएका छन् । उनले यो समितिले जुम्लाको बिकास र समृद्धीका पनि पनि बौद्धिक बहस गर्ने बताए । उनले यो बुद्धीजिवीसंगठनले माओवादी केन्द्रलाई मजबुत र बलियो बनाउन बुद्धिजिवीको अहम भुमिका रहने बताए । बुद्धिजिवीहरुको सहि सल्लाह तथा सुझावले पार्टी लाई उचाईमा पुर्याउने उनको भनाई छ ।
माओबादी निकटको बुद्धिजिबी संगठनले बैचारिक रुपमै लड्न र जुम्लाको बिकास र समृद्धीको बहस गर्न जरुरी रहेको बताए ।उनले भने,’जुम्लाको बुद्धिजिबीको सिको गर्न अरुलाई किनुन भन्ने अपेक्षा गरेको बताए । पाटी इन्चार्ज भण्डारी नवनिर्वाचित सिंगो समितिलाई बधाई तथा त्कृष्ठ कार्यकालको सुभकामना ब्यक्त गरेका छन ।
त्यस्तै माओबादी केन्दीय केन्द्रीय सदस्य गोमा गौतम कुँवरले बुद्धिजिवीहरुले पाटी भित्रका गलत कुराको ध्यान केन्द्रित गरिदिनु पर्ने बताइन । उनले भनिन ,”नेपाल बुद्धिजिवी संगठन जुम्लाको भेलालाई सम्बोधन गर्दै आमोबादी भित्रै देखि सचिनु पर्ने बताइन । उनले यो नव गठित समितिलाई शुभकामना ब्यक्त गरिन ।
त्यस्तै नेपाल बुद्धिजिवी संगठन जिल्ला समन्वय समितिका जुम्ला संयोजक हिक्मत बुढ्थापाले पाटी बयिलो बनाउन र जुम्लाको विकासका लागि भूमिका महत्वपुण भुमिका निर्वाह गर्ने प्रतिबद्धता जोहर गरेका छन ।