नेकपा एमाले पार्टी केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जुम्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले काठ माण्डौँका पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन भन्ने दिवा सपनाको देखेको बताए । उनले पार्टी सुदृढीकरण अभियानको क्रममा जुम्ला पत्रकारसँग भेटघाटमा यस्तो टिप्पणी गरेका हुन् ।जनताले सदाका लागि विदा गरेको राजतन्त्रलाई फेरि फर्काएर ल्याउन्छु भन्नु उनका अतिरञ्जित अभिव्यक्ति हुन् ।राजतन्त्र फर्कान्छु, सत्तामा ल्याएर आउछु भन्नु गलग विचार हो ।
यस्ता विचारलाई विश्वाश गर्न आवश्यक छैन । यस्ता अभिव्यक्तिप्रति अहिले देखिनै राजनीतिक दलहरुका पार्टीले ध्यान दिन आवश्यक छ । हिजो लाखौँ सेना प्रहरी भएको, परम्परागत शक्ति भएको ज्ञानेन्द्रलाई कसैले बचाउन सकेन । अहिले बचाउन्छु भन्नु गलत हो । यस प्रति नेपाली जनताको विश्वास छैन ।उनले भने इतिहासको पानामा खोज्नु पर्नेर राजतन्त्र फर्किदैन ।
कालखण्डमा लोकतन्त्र र गणतन्त्र नेपालमा बहाली भएको छ । यही लोकतन्त्र र गणतन्त्रमा जगमा टेकेर निर्वाचित भएर संसदमा पुगेका छन् । उनीहरुले नै राजा फर्काएर ल्याउनु भन्नु दिवा सपना मात्रै हो । नेता रिजालले भने बोल्न पाउनु पर्छ । आफ्ना अभिव्यक्ति, विचार राख्नु पाउनु पर्छ भनेर लोकतन्त्र र गणतन्त्र ल्याएको हो । हिजो राजाका पालामा यसरी बोल्न पाउन्थे । बोल्ने, अभिव्यक्ति राख्नेलाई जंगलमा लिएर गोली हानेर मारिन्थ्यो । अहिले लोकतन्त्रकै कारण सांसद ज्ञानेन्द्र शाहीले यति बोल्न पाएका हुन् ।
केन्द्रीय सदस्य रिजालले एक महिनादेखि जुम्लामै रहेर पार्टी सुदृढकरण अभियानमा जुटेका बताए । उनले भने यो अभियानमा सामेल नहुने एमाले हुन सक्दैन । एमाले हुनका लागि अभियानमा सामेल हुन सवै नेता, कार्यकर्ता सदस्यलाई अपिल गरेका छौँ ।पार्टीलाई मजबुद बनाउनका लागि यो अभियानको थालनी गरिएको हो । जुम्ला जिल्लाको हकमा हामी ४ जना केन्द्रीय सदस्य अभियानमा जुटेका छौँ । चैत २० गतेसम्म पार्टीका आधिकारिक प्रतिवेदन तयारी हुदैछ । पार्टीका आधारभुत तहका सवै काम सम्पन्न गरेका छौँ । अध्यावधि विवरण आधारमा पार्टी आगामी रणनीति बनाउने नेता रिजालले बताए ।