जुम्ला ः जुम्लाका जेष्ठनागरिकहरुले संविधान पद्धत अधिकार अनुसार सेवामा छुटदेखि प्रथामिकता कतै नपाएको गुनासै गुनासा गरेका छन् । नेपालको संविधानले व्यवस्था गरेका जेष्ठनागरिकका हक अधिकार कार्यान्वयमा स्थानीयतह मौन रहेको उहाँहरुको गुनासो छ ।
विहिबार जेष्ठनागरिक संघमा पत्रकार महासंघको ६८ औँ स्थापना दिवसका अबसरमा आयोजित फलफूल वितरण तथा छलफल कार्यक्रममा सहभागी जेष्ठनागरिकलले निशुल्क स्वास्थ्य उपचार,यातायात सेवामा छुट,सहज बैंकिङ सेवा जस्ता कुनै क्षेत्रमा पनि छुटदेखि प्रथामिकता कतै नपाएकोे गुनासो गरेका हुन् ।
जेष्ठ नागरिक संघ जुम्ललाका कार्यबाहक अध्यक्ष तुलाराम न्यौपानले संघियतापछि तीनै तहका सरकारबाट जेष्ठनागरिकको संरक्षण,सम्मान,तथा सेवा सुविधानका विषय ओजेलमा परेको बताउनुभयो ।उहाँले भन्नुभयो,“अस्पतालमा निशुल्क उपचार,यातायातमा ५० प्रतिशत छुट,निशुल्क स्वास्थ्य बिमा लगायतका जेष्ठ नागरिकका अधिकार कुण्ठित छन् । समयमै सामाजिक सुरक्षा भत्ता पाउदैछन् । बैंक जाँदा,स्वास्थ्य संस्था जाँदा लाईनमा बस्नु पर्ने बाध्यता छ । पत्रकार महासंघले हाम्रा समस्याबारे वबालत गर्दै आएपनि सुनुवाई भएको छैन् ।
(दलित,महिला,अपांग,जेष्ठनागरिक,बालबालिका,एकल महिला) जस्ता लक्षित वर्गहरुलाई स्थानीय तहले उपेक्षा गरेको उहाँको भनाई छ । जेष्ठनागरिकहरुको सुरक्षा,सेवा सुविधा तथा हक अधिकार कार्यान्वयनका लागि जुम्लाका आठै स्थानीयतह मौन रहेको जेष्ठनागरिक पुरुनाथ न्यौपानले बताउनुभयो ।
उहाँका अनुसार उपचार गर्दा अस्पताल,यात्रा गर्दा गाडीमा,बैंकमा लगायत सबै क्षेत्रमा जेष्ठ नागरिक हेला र अपहेलित भइरहेका छन् । दिवसका नाममा स्थानीयतहले कम्बल,हर्लिक्स दिएर चित्त बुझाएपनि ठोस रुपमा जेष्ठनागरिकको हित हुने नीति बनाउन नसकेको उनको भनाई छ । प्रशासन, प्रहरी,नगरपालिका, गाउँपालिका देखि विकासे कार्यालयका,अस्पतालका सेवा देखि संचरनाहरु पनि जेष्ठनागरिक मैत्री नभएको उहाँको गुनासो छ ।
यातायात पनि त्यस्तै समस्या छ । जेष्ठनागरिक भवानी प्रसाद न्यौपाने भन्छन,“भाडादरमा छुट पाउनु त परै जावस जेष्ठनागरिकको सिट पनि सुरक्षित छैन् । अस्पतालमा त्यस्तै छ । बैंकमा पाईने सास्तीको कुरै नगरौ । जेष्ठनागरिकका तमाम समस्याहरुको हल गर्न स्थानीय सर मौन छ ।”
हाल जेष्ठनागरिक संघको भवनमा खानेपानी नहुँदा दैनिक आउने जेष्ठनागरिकलाई शौचालय जान पनि मुस्किल छ । ६८ औँ स्थापना दिवसका अबसरमा जेष्ठनागरिक संघमा आबद्ध झण्डै ५० जना जेष्ठनागरिकलाई फलफूल वितरण गरिएको छ । महाँसघले जेष्ठनागरिकको सुरक्षा संरक्षण तथा सम्मानका लागि वकालत गर्दै आएकोमा समेत खुसी व्यक्त गरेका छन् । हाल जेष्ठनागरिक संघमा २ सय २३ जना आजीवन सदस्य रहेका छन् ।
जेष्ठनागरिकले यातायात,स्वास्थ्य संस्था,हवाई सेवा र बैंकमा पाउनु पर्ने छुट र प्रथामिकताका सवालमा महासंघले विगतमा पनि पैरबी गर्दै आएको र भविष्यमा पनि वकालत गर्ने पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दिलमाया शाहीले बताउनुभयो ।उहाँका अनुसार जेष्ठनागरिकका समस्या समधान गर्न, जेष्ठनागरिकमैत्री नीति निर्माण गर्नका लागि जुम्लाका आठै स्थानीयतहका प्रमुखहरुको ध्यानर्कषण गराईने छ । यसअघि गत वर्ष पत्रकार महासंघ जुम्लाले स्थापना दिवसका अबसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका सुत्केरीलाई फलफूल वितरण गरेको थियो ।