जुम्ला : जुम्लाको पातारासी गाउँपालिका बालविवाह मुक्त वडा घोषणा गर्ने पहिलो बनेको छ । आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि ५वडालाई बालविवाह मुक्त वडा घोषणा गरेको छ । पातारासी गाउपालिकाको आबद्धता बालविवाह न्युनिकरणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ पातारासी गाउँपालिकाले ५ वडालाई बालबिवाह मुक्त घोषणा गरेको हो । यस अघि अशिक्षाका कारण बालविवाह भए पनि अहिले प्रविधिको दुरुपयोगले बुझ पचाएरै विवाह भ हुने गरेको छ । बालविवाहाले महिलाको स्वाथ्य शिक्षा रोजगारी जस्ता क्षेत्रमा असर पारेको भन्दै पतारासीको महिला तथा बालवालिका शाखाले साझेदारी संस्था किडार्क नेपाल र वल्डभिजनले सहयोगमा बालविवाह मुक्त वडा गरेको छ ।
त्यस्तै परामर्श, छलफल तथा दण्डित गरेर भए पनि वडामा बालविवाह रोक्ने अभियान चलाएको पातारासी गाउँपालिका महिला तथा बालवालिका शाखाकी प्रमुख भगवती गिरीले बताइन । उनले भनिन, अहिले हामीले बालविवाह अपराध हो भन्ने बुझाएका छौँ । बालविवाह गर्नेलाई गाउपालिका बाट हुने सार्वजनिक सेवाबाट वञ्चित गर्नेदेखि विवाह नै बहिस्कार गर्ने संस्कारको विकास भएको छ। उनका अनुसार यसको लागी सातै वटा वडामा बालक्लव गठन गरिएको थियो । पालिका स्तरमा बालसंञ्चाल रहेको छ ।
पातारासी गाउँपालिका–५ वडा आयोजना, गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको समन्वय तथा वल्डभिजन इन्टरनेश्नल नेपाल, किर्डाक नेपाल जुम्लाको साझेदारीमा ५ नम्बर वडालाई बालविवाह मुक्त वडा घोषणा गरेको वडाध्यक्ष दत्तबहादुर बुढाले बताए।
त्यस्तै पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिहं बोहोराले यस अघि स्वास्थ्यकर्मी र पत्रकार लगायतको टोलीले अनुगमन गरेको थियो । अनुगमनको क्रममा ९५ प्रतिशत बालविवाह वडामा नभएको पाइएको योवडालाई बालविवाह मुक्त गरिएको बताए ।
त्यस्तै पातारासी गाउँपालिका भरि ७ वडा छन्। अबका दिनमा ५ वडालाई बाहेक अन्य वडा क्रमिक रूपमा बालविवाह मुक्त वडा घोषणा गरिदै पालिका घोषणा गर्ने तयारी रहेको स्वाथ्य शाखाका प्रमुख रतन बुढ्थापाले बताए । उनले भने बालविवाह नरोकिए सम्म समृद्ध पालिका बन्दैन । यसकारण पातारासीले बालविवाह मुक्त पालिका बनाउने लक्ष्य लिएको छ । जुम्लाका ८ वटै स्थानीय तहका ६० वटा वडामध्ये हालसम्म कुनै पनि वडा बालविवाह मुक्त घोषणा हुन सकेका छैनन्। यो पहिलो वडा हो ।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग शाखा जुम्लाका प्रमुख धनराज शाहीले बालविवाह गर्दा भोग्नु पर्ने कानुनी सजायको बारेमा गाउँगाउमा जानकारी दिन जरुरी रहेको बताए । उनका अनुसार पछिल्लो समय प्रविधिको दुरुपयोग, अभिभावले निगरानी नगरेकै कारणले जुम्लामा बालविवाह बढेको छ ।
त्यस्तै नेपाल पत्रकारमहासंघ शाखा जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले बालविवाह रोकिएको खण्डमासभ्य र समृद्ध जिल्ला निर्माण हने बताइन । उनले भनिन’,बालविवाह रोक्न जुम्लाका सबै स्थानीय तह सक्रिय हुन जरुरी छ ्।उनले भनिन ,यो बालविवा मुक्त वडा घोषणा कार्यक्रमा सिमित नहोस । बालविवाह समाजको कलंक भएकाले यसको अन्त्यका लागि सबैले हातेमालो गरेर सहकार्य गर्नु पर्ने बताइन ।
त्यस्तै पातारासी ५ का चार गाउँका १० जोडिले चालू आवको हाल सम्म उमेर पुगेर बिवाह गरेका छन् । अन्य २० वर्षमुनिका कसैलेपनि बिवाह गरेको नपाईएपछि बालिबवाह मुक्त वडा घोषणा गरेको किर्डा नेपाल जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाले बताए । उनले भने, पातारासीमा २० वर्षमुनि बिवाह गर्ने शुन्यमा झरेका छन् ।
त्यस्तै पातारासीको ५ नम्बर वडालाई बालबिवाह मुक्त घोषणाका लागि विगत तीन वर्षदेखि बालक्लब, वडा सरकार,समूह परिचालन तथा किर्डाक द्दारा (बाल स्पोन्सर) परियोजना लागू गरेर अन्ततः बालिबवाह शुन्यमा झार्न सफल भएको किर्डाक नेपालका सामाजिक परिचालक रामशंकर दवाडीले बताए । उनका अनुसार जिल्लाका सरोकारवालाहरुले बालबिवाहको स्थितीबारे सर्वेक्षण गरिएको थियो । यदपी,किर्डाकले पातारासीमा बाल संरक्षण कार्यक्रम २०६७ सालदेखि संचालन गर्दै आएको हो ।
बालविवाह गर्नेलाई तीन वर्ष कैद र तीस हजार जरिवाना
मुलुकी अपराध संहिता, २०७४ ले विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भनी व्यवस्था गरेको छ। उक्त ऐनमा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर हुने व्यवस्था छ।
त्यस्तै बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। बालविवाह गर्ने गराउने कार्य दण्डनीय हुने व्यवस्था छ। कसैले बालविवाह गर्न लागेको वा गरेको थाहा पाए तत्काल नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुपर्ने र यस्तो उजुरी जोसुकैले पनि दिन सक्ने साथै बालविवाह भएको देख्ने जोसुकैले थाहा पाएको तीन महिनाभित्र उजुर गर्नुपर्छ भनी बालविवाहविरुद्ध बालबालिकाको संरक्षणको सिद्धान्तलाई अँगीकार गरेको छ।