युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा

काठमाडौं । डकवर्थ लुईस नियम अनुसार युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ। आज भएको खेलमा नेपालले युएईलाई हराएर विश्वकप क्वालिफायरमा पुगेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा ३१० जोड्यो।

नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। लिग टू को अन्तिम खेलमा युएईलाई डिएल मेथडमा हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो। नेपालले उक्त मेथडअनुसार ९ रनले युएईलाई पराजित गरेको हो।

यो जितसँगै आइसिसी विश्वकप लिग २ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ।

आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले कीर्तिमानी लक्ष्य पाएको थियो।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर पछ्याएको हो।

 

सम्बन्धित समाचार